राजाका नाममा अवसरवादीहरू सलबलाई रहेका छन् : प्रदेश प्रमुख मिया

राजाका नाममा अवसरवादीहरू सलबलाई रहेका छन् : प्रदेश प्रमुख मिया

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले अहिले राजाका नाममा अवसरवादीहरू सलबलाई रहेका बताएका छन्। नेपाल पत्रकार महासंघले आयोजना गरेको अनलाइन मल्टिमिडिया सम्बन्धी सुदूरपश्चिम स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘अहिले राजावादीका नाममा अवसरवादी सलबलाई रहेका छन्, संघीयता विरोधीहरूको चलखेल बढिरहेको छ’, प्रदेश प्रमुख मियाले भने। उनले संघीयताका बारेमा गलत प्रचार गरेर आफ्नो स्वार्थपूर्ति गर्नेहरू बढिरहेको बताए। ‘मैले अर्घाखाँचीको गाविस अध्यक्ष हुँदा २२ लाख बजेट थियो। अहिले पालिकाहरु कम्तीमा पनि ५० औं करोड कार्यान्वयन गरिरहेका छन्। प्रदेशमा ३०/३५ अर्बको बजेट बन्छ, यो सबै संघीयताले भएको हो’ उनले भने।

प्रदेश प्रमुख मियाले सुदूरपश्चिम आफैंमा सुन्दर भएको बताए। ‘म प्रदेश प्रमुखको शपथ खाएर आउँदा मलाई केहीले सुदूरपश्चिमका बारेमा नराम्रो कुरा भनेका थिए। तर म सुदूरपश्चिम आएपछि मलाई भनिएको भन्दा फरक पाए। यो प्रदेशका जनता सालिन छन्, प्रदेश सुन्दर छ। यसलाई अझ सुन्दर बनाउन सकिन्छ’, उनले भने।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.