कुमार पष्ठी सिठी नःखः महात्म्य

कुमार पष्ठी सिठी नःखः महात्म्य

कुमार पष्ठी सिठी नःखःको नखसिख वर्णन गर्दै म सम्यक जीवन संस्कृति सिक्ने रहर कुम्ल्याइरहछु।

कुमार पष्ठी सिठी नःखः महात्म्य पुराणसित सटिक तिथि । गृष्मकालीन जेठ महिनाको शुक्ल पक्ष षष्ठी तिथि सिठी नःखः कुमारको महिमा आराधना गरिने पर्व । सायद, पष्ठी शब्दको नेवारी रूपान्तरण सिठी बनेको । नेवार समुदायले मनाउने एउटा चाड ।

कथानक र कथ्य बस्तु पौराणिक आख्यानमुखी रहेर पनि व्यावहारिक मूल्य जीवन जगत् सटिक रहनु यस चाडको महिमा बन्छ । गृह प्रवेश द्वारको सामुन्ने पर्ने ठाउँ कुमारको बासस्थान । कुमारलाई मूलद्वारकै सामुन्ने प्रतिष्ठा गरिएको हुन्छ । प्रत्येक नेवार घर दैलोमा प्राङ्गण खण्डमा कुँडिएको अष्ट दलसहितको पृथ्वीको गोलाकार कुमारको प्रतीकात्मक बिम्ब बनाइएको हुन्छ । चाहरी हेरौं यस्तै देखिँदो छ । मात्र चासोकै दरकार छ ।

बीचको गोलाकार हाम्रै भूगोल । पृथ्वीको आकारमय बिम्ब बोकेछ । अष्ट दल आठवटा दिशा, उपदिशाका प्रतीक पूर्व, पश्छिम, उत्तर, दक्षिण चार दिशा । ईशान, नैऋत्य वायव्य र आग्नेय कोण चार उपदिशा यिनकै प्रतिनिधि प्रतीकस्वरूप अष्ट दल । यिनै अष्ट दल हुन् जसलाई अष्ट मंगल पनि भनिन्छ । कुमार षष्ठी–सिठी नःखः महात्म्य यिनै सन्दर्भका सेरोफेरोमा रुमलिएको छ । युगले मानिस जन्माउँछ । मानिसले युग निर्माण गर्छ । हाम्रा यी चाडपर्वहरू युगले जन्माएका मानिस र मानिसले निर्माण गरेका युगका ज्वलन्त उदारण हुन् । यसमा हामी पढ्छौं, देख्छौं र अनुभूत गछौं । मानिसले प्रवर्तन गरेका युगीन चेत, धारणा र संस्कारका मूर्त पक्षहरू । जीवन जगत्मै छ । जगत्ैमा मानिसले सांस्कृतिक जीवनको पहल गर्छ, गरिनै रहन्छ निरन्तर ।

कुमार षष्ठी सिठी नःखः नेवार संस्कृतिमूलक चाड बनेको छ । संस्कृतिले जीवन र जगत्को महिमा गान गरेकै हुन्छ । यो एकल जातीय स्वरूप होइन । सार्वजनिक सरोकारकै स्वरूप ठान्छु । पृथ्वी सार्वजनिक सरोकारको केन्द्र बिन्दु हो । पृथ्वीबिना हाम्रो अस्तित्व छैन । हामी बिना पृथ्वीको महिमा छैन । हामी नै हो पृथ्वीको गरिमा गान गाउँ छन् जसले । मानिसको महिमा र पृथ्वीको गरिमा आपसमा सटिएका छन् । यही दिन हो नेवारहरू पृथ्वीको पूजा गर्छन् । चन्द्रमाको आराधना चटामरी तयार गर्छन् । बारा बनाउँछन् । नयाँ चामलको पीठो पोर्चुबाट चटामरी, मास पिँधेर बारा बनाइन्छन् । चटामरी चन्द्रका प्रतीक । बारा सूर्यको । कविशिरोमणि लेखनाथ पौड्यालले गाएथे ।
जय जगदीश्वर जय अविनाशी
घुम्दछ जसमा सब संसार
सूर्य जगत्कै ईश्वर । 

उनकै सेरोफेरो त घुम्छ यावत् ग्रह । बारा र चटामरी बनाएर उनैलाई उनकै प्रतीक चढाउन सकारात्मक संस्कृतिको सार्थक जोवन पक्ष बन्छ । यो संस्कार त्यसैले जीवन जगत् परक मूल्यका अरक भन्छु । पूजा, आराधना कृतज्ञता ज्ञापन गर्ने साधना भन्छु । सराहना योग्य साधनाका वस्तु निष्ट व्यवहारमूलक क्रिया नै त हो, जसलाई हामी सांस्कृतिक चेत भन्छौ । मलाई ओ बारा । चटामरी चामलको पीठोको रोटी औधी रुच्छ । चटामरी तीन प्रकारले बनाइन्छन् । एक सादा, दोस्रो जिरा, नुन र तोरीको तेल मिसाएर दलेको तेस्रो तिल पिँधेर चाकुमा मिसाई दलेको तीनै प्रकारका चटामरी र बारा ओ, कुमार क्षत्रपाललाई अर्पिइन्छ ।

घरदैलो सामुन्नेको बाटोमा स्थापना गरिएको कुमारको प्रतीकलाई घरको क्षत्रपाल पनि भनिन्छ । क्षत्रपाल वास्तवमा घरको पालक अर्थात् रखवारी गर्ने होनहार कुमार । युवक पहरेदार साबितिन्छ । यतिन्जेल जीवन जगत्मा फैलिदिन्छ । जगत् जीवनमा रूपान्तरित भइदिन्छ । तब न जीवन जगत् र जगत्–जीवन बिन्दु बनिदिन्छ । कुमार पष्ठी सिठी नःखःको गरिमा चुलिन्छ । यो गहिरो भाव बोक्दो कुमार पष्ठी सिठी नःखःको अर्थ विन्यास । यहीनिर त हो, जहाँ म सांस्कृतिक चाडको रहस्यमय अर्थ बोध गर्न थाल्छु । जे बुझेको छु त्यही बताउने प्रयासरत रहन्छु । मन लाग्छ यस्तै सोच । सोचे जस्तो भन्न् । भनेजस्तै लेख्न । लेखेजस्तै गर्न । कुमार पष्ठी सिठी नःखःले हामी सबै नेपालीलाई यस्तै चौ आयामिक जीवन जिउने रहर पु¥याइदेऊन् । कामना यो नगरी नै किन ?

कुमार पण्ठी सिठी नःखः यत्तिकैमा टुंगिछ नै कहाँ र ? यो धरती आमाको गर्नेदेखि सफा स्वच्छदायक पर्व बनिदिन्छ । भन्नु होला हजुर यो कसरी ? म भन्छु हजुर इनार, कुवा, पोखरीहरू सफा गर्ने पर्व दिन यही । जहाँ तहीं भइरहेको भेट्टाउनु हुन्छ यस्तै । यो सुक्खा गृष्मको उखरमाउलो घामको याम । इनार, कुवा, कुण्डहरू सुक्न लागेको बेला ! धरतीको गर्भका फोहोर कसिंगरहरू आफाल्ने मुहूर्त बन्छ ।

उपयुक्त साइत यही दिन बने बनाइए पुर्खाले । यो दिन कृषिवाला खेत नधाई घर बस्छन् । घरै नबसी इनार, कुवा, कुण्डहरू सफा गर्न त्यसै पस्छन् । धरतीका सन्ततिहरू धरतीकै आराधना मग्न रहन्छन् । उनीहरू ओ बारा चताय् मरी चावलकै पीठोबाट बनाउने ताजा मरी–रोटी चढाउँछन् । धरतीलाई यत्तिले पुग्छ नै कहाँ र ? चतायमरी एउटा टपरीमा बिछ्याउँछन् । त्यसमाथि तिकनबजी चौथाइ राख्छन् । सेतो च्युरामावि कालो भैरवजस्तो हाकुमुस्या अलिकति सजाउँछन् । त्यसको सेरोफेरो अदुवा, ब्हसुनका पोटाहरू राख्छन् । छुयाला सेकुवा एक गाँस हाल्छन् । मस्ट उसिनी पकाएको नरम स्वादिला बोडीका भरपूर गाँस टपरीछेउ थपिन्छन् । दुई चार चिम्टी हरियो सागः बोहटा भरी आलु, मूला, गाँजर, काँक्रो, केराउ र धनियाँका अचार । त्यसमा हिड्र, मेथी झाँनिएका सुवासिलो, स्वादिलो शृंगार’ यही त सम्यक भोजन परिकार बन्छ । सम्हेबजी साँच्चै त सम्यक परिकार सम्हेबजी बन्छ । सम्हेबजी सम्यक परिकार बन्छ । त्यसमाथि थपिन्छ ।

सित्रो एउटा मासको बारा अनि सग्लो अर्को एउटा चतायमरी घोप्टो धप्काइन्छ । बाह । परिकारपूर्ण सम्यक सम्हेबजी क्या मज्जा मुखभरी पानी पानी शब्दै शब्दको वर्णनमा त थामी नसक्नु भइदिन्छ मलाई ।हजुरहरूलाई कसो ? हजुरहरू र ममा अन्तरे के छ र ? सर्जिकल चियरका सर्जनसित सोधौं, उनीभन्दा हुन्– मानिसका सबै अन्तर रंग–नसा, अंग एक समान उस्तैउस्तै छन् । कुमार पष्ठी सिठी नःखःको नखसिख वर्णन गर्दै म सम्यक जीवन संस्कृति सिक्ने रहर कुम्ल्याइरहछु ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.