कुमार पष्ठी सिठी नःखः महात्म्य
कुमार पष्ठी सिठी नःखःको नखसिख वर्णन गर्दै म सम्यक जीवन संस्कृति सिक्ने रहर कुम्ल्याइरहछु।
कुमार पष्ठी सिठी नःखः महात्म्य पुराणसित सटिक तिथि । गृष्मकालीन जेठ महिनाको शुक्ल पक्ष षष्ठी तिथि सिठी नःखः कुमारको महिमा आराधना गरिने पर्व । सायद, पष्ठी शब्दको नेवारी रूपान्तरण सिठी बनेको । नेवार समुदायले मनाउने एउटा चाड ।
कथानक र कथ्य बस्तु पौराणिक आख्यानमुखी रहेर पनि व्यावहारिक मूल्य जीवन जगत् सटिक रहनु यस चाडको महिमा बन्छ । गृह प्रवेश द्वारको सामुन्ने पर्ने ठाउँ कुमारको बासस्थान । कुमारलाई मूलद्वारकै सामुन्ने प्रतिष्ठा गरिएको हुन्छ । प्रत्येक नेवार घर दैलोमा प्राङ्गण खण्डमा कुँडिएको अष्ट दलसहितको पृथ्वीको गोलाकार कुमारको प्रतीकात्मक बिम्ब बनाइएको हुन्छ । चाहरी हेरौं यस्तै देखिँदो छ । मात्र चासोकै दरकार छ ।
बीचको गोलाकार हाम्रै भूगोल । पृथ्वीको आकारमय बिम्ब बोकेछ । अष्ट दल आठवटा दिशा, उपदिशाका प्रतीक पूर्व, पश्छिम, उत्तर, दक्षिण चार दिशा । ईशान, नैऋत्य वायव्य र आग्नेय कोण चार उपदिशा यिनकै प्रतिनिधि प्रतीकस्वरूप अष्ट दल । यिनै अष्ट दल हुन् जसलाई अष्ट मंगल पनि भनिन्छ । कुमार षष्ठी–सिठी नःखः महात्म्य यिनै सन्दर्भका सेरोफेरोमा रुमलिएको छ । युगले मानिस जन्माउँछ । मानिसले युग निर्माण गर्छ । हाम्रा यी चाडपर्वहरू युगले जन्माएका मानिस र मानिसले निर्माण गरेका युगका ज्वलन्त उदारण हुन् । यसमा हामी पढ्छौं, देख्छौं र अनुभूत गछौं । मानिसले प्रवर्तन गरेका युगीन चेत, धारणा र संस्कारका मूर्त पक्षहरू । जीवन जगत्मै छ । जगत्ैमा मानिसले सांस्कृतिक जीवनको पहल गर्छ, गरिनै रहन्छ निरन्तर ।
कुमार षष्ठी सिठी नःखः नेवार संस्कृतिमूलक चाड बनेको छ । संस्कृतिले जीवन र जगत्को महिमा गान गरेकै हुन्छ । यो एकल जातीय स्वरूप होइन । सार्वजनिक सरोकारकै स्वरूप ठान्छु । पृथ्वी सार्वजनिक सरोकारको केन्द्र बिन्दु हो । पृथ्वीबिना हाम्रो अस्तित्व छैन । हामी बिना पृथ्वीको महिमा छैन । हामी नै हो पृथ्वीको गरिमा गान गाउँ छन् जसले । मानिसको महिमा र पृथ्वीको गरिमा आपसमा सटिएका छन् । यही दिन हो नेवारहरू पृथ्वीको पूजा गर्छन् । चन्द्रमाको आराधना चटामरी तयार गर्छन् । बारा बनाउँछन् । नयाँ चामलको पीठो पोर्चुबाट चटामरी, मास पिँधेर बारा बनाइन्छन् । चटामरी चन्द्रका प्रतीक । बारा सूर्यको । कविशिरोमणि लेखनाथ पौड्यालले गाएथे ।
जय जगदीश्वर जय अविनाशी
घुम्दछ जसमा सब संसार
सूर्य जगत्कै ईश्वर ।
उनकै सेरोफेरो त घुम्छ यावत् ग्रह । बारा र चटामरी बनाएर उनैलाई उनकै प्रतीक चढाउन सकारात्मक संस्कृतिको सार्थक जोवन पक्ष बन्छ । यो संस्कार त्यसैले जीवन जगत् परक मूल्यका अरक भन्छु । पूजा, आराधना कृतज्ञता ज्ञापन गर्ने साधना भन्छु । सराहना योग्य साधनाका वस्तु निष्ट व्यवहारमूलक क्रिया नै त हो, जसलाई हामी सांस्कृतिक चेत भन्छौ । मलाई ओ बारा । चटामरी चामलको पीठोको रोटी औधी रुच्छ । चटामरी तीन प्रकारले बनाइन्छन् । एक सादा, दोस्रो जिरा, नुन र तोरीको तेल मिसाएर दलेको तेस्रो तिल पिँधेर चाकुमा मिसाई दलेको तीनै प्रकारका चटामरी र बारा ओ, कुमार क्षत्रपाललाई अर्पिइन्छ ।
घरदैलो सामुन्नेको बाटोमा स्थापना गरिएको कुमारको प्रतीकलाई घरको क्षत्रपाल पनि भनिन्छ । क्षत्रपाल वास्तवमा घरको पालक अर्थात् रखवारी गर्ने होनहार कुमार । युवक पहरेदार साबितिन्छ । यतिन्जेल जीवन जगत्मा फैलिदिन्छ । जगत् जीवनमा रूपान्तरित भइदिन्छ । तब न जीवन जगत् र जगत्–जीवन बिन्दु बनिदिन्छ । कुमार पष्ठी सिठी नःखःको गरिमा चुलिन्छ । यो गहिरो भाव बोक्दो कुमार पष्ठी सिठी नःखःको अर्थ विन्यास । यहीनिर त हो, जहाँ म सांस्कृतिक चाडको रहस्यमय अर्थ बोध गर्न थाल्छु । जे बुझेको छु त्यही बताउने प्रयासरत रहन्छु । मन लाग्छ यस्तै सोच । सोचे जस्तो भन्न् । भनेजस्तै लेख्न । लेखेजस्तै गर्न । कुमार पष्ठी सिठी नःखःले हामी सबै नेपालीलाई यस्तै चौ आयामिक जीवन जिउने रहर पु¥याइदेऊन् । कामना यो नगरी नै किन ?
कुमार पण्ठी सिठी नःखः यत्तिकैमा टुंगिछ नै कहाँ र ? यो धरती आमाको गर्नेदेखि सफा स्वच्छदायक पर्व बनिदिन्छ । भन्नु होला हजुर यो कसरी ? म भन्छु हजुर इनार, कुवा, पोखरीहरू सफा गर्ने पर्व दिन यही । जहाँ तहीं भइरहेको भेट्टाउनु हुन्छ यस्तै । यो सुक्खा गृष्मको उखरमाउलो घामको याम । इनार, कुवा, कुण्डहरू सुक्न लागेको बेला ! धरतीको गर्भका फोहोर कसिंगरहरू आफाल्ने मुहूर्त बन्छ ।
उपयुक्त साइत यही दिन बने बनाइए पुर्खाले । यो दिन कृषिवाला खेत नधाई घर बस्छन् । घरै नबसी इनार, कुवा, कुण्डहरू सफा गर्न त्यसै पस्छन् । धरतीका सन्ततिहरू धरतीकै आराधना मग्न रहन्छन् । उनीहरू ओ बारा चताय् मरी चावलकै पीठोबाट बनाउने ताजा मरी–रोटी चढाउँछन् । धरतीलाई यत्तिले पुग्छ नै कहाँ र ? चतायमरी एउटा टपरीमा बिछ्याउँछन् । त्यसमाथि तिकनबजी चौथाइ राख्छन् । सेतो च्युरामावि कालो भैरवजस्तो हाकुमुस्या अलिकति सजाउँछन् । त्यसको सेरोफेरो अदुवा, ब्हसुनका पोटाहरू राख्छन् । छुयाला सेकुवा एक गाँस हाल्छन् । मस्ट उसिनी पकाएको नरम स्वादिला बोडीका भरपूर गाँस टपरीछेउ थपिन्छन् । दुई चार चिम्टी हरियो सागः बोहटा भरी आलु, मूला, गाँजर, काँक्रो, केराउ र धनियाँका अचार । त्यसमा हिड्र, मेथी झाँनिएका सुवासिलो, स्वादिलो शृंगार’ यही त सम्यक भोजन परिकार बन्छ । सम्हेबजी साँच्चै त सम्यक परिकार सम्हेबजी बन्छ । सम्हेबजी सम्यक परिकार बन्छ । त्यसमाथि थपिन्छ ।
सित्रो एउटा मासको बारा अनि सग्लो अर्को एउटा चतायमरी घोप्टो धप्काइन्छ । बाह । परिकारपूर्ण सम्यक सम्हेबजी क्या मज्जा मुखभरी पानी पानी शब्दै शब्दको वर्णनमा त थामी नसक्नु भइदिन्छ मलाई ।हजुरहरूलाई कसो ? हजुरहरू र ममा अन्तरे के छ र ? सर्जिकल चियरका सर्जनसित सोधौं, उनीभन्दा हुन्– मानिसका सबै अन्तर रंग–नसा, अंग एक समान उस्तैउस्तै छन् । कुमार पष्ठी सिठी नःखःको नखसिख वर्णन गर्दै म सम्यक जीवन संस्कृति सिक्ने रहर कुम्ल्याइरहछु ।
प्रतिक्रिया दिनुहोस !