श्रीमती र छोराको नाममा रहेको सम्पत्ति जफतको माग

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध १ करोडको भ्रष्टाचार मुद्दा दायर

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध १ करोडको भ्रष्टाचार मुद्दा दायर
फाइल तस्बिर।

काठमाडौं : सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा  उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

उनीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ विगो र सजाय माग गरिएको छ। सोडारी हाल प्रदेशसभा सदस्य हुन्।

अख्तियारका अनुसार सार्वजनिक पद धारण गरेको मिति २०७४ साल माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थामा नगद मौज्दातसमेत गरी १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ बराबरको सम्पत्ती खर्च तथा लगानी गरेको देखिएको तर सोही अवधिमा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेपछि उनीविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरिएको हो।

आयोगले पूर्वमुख्यमन्त्री सोडारीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न समेत माग गरेको छ। उनले आयोगसमक्ष पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइ छिपाई झुट्टा विवरण पेश गरेको अख्तियारको ठहर छ।

सोडारीले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट उनकी श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीको नाममा जग्गा खरिद,घर निर्माण र बैंक मौज्दातको सम्पत्ति भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख समेतको कानुन बमोजिम जफत गर्न माग गरिएको आरोप-पत्रमा उल्लेख छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.