नयाँ बजार च्याम्पियन

नयाँ बजार च्याम्पियन

काठमाडौं : आयोजक नयाँबजार डोजाङले प्रथम काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । नयाँबजार ३० स्वर्ण, १७ रजत र १० कांस्यसहित टिम च्याम्पियन बनेको हो । 

यसैगरी दोस्रो भएको स्वयम्भू डोजाङले १८ स्वर्ण, तीन रजत र दुई कांस्य तथा तेस्रो स्थान हात पारेको ढल्को डोजाङले १६ स्वर्ण स्वर्ण, ६ रजत र पाँच कांस्य जितेको नयाँबजार तेक्वान्दो डोजाङ प्रमुख तथा मुख्य प्रशिक्षक प्रविण श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार आरम्भ संस्कार विद्यालयलाई प्रदान गरिएको थियो ।

प्रतियोगितामा लैनचौर डोजाङका प्रदीप बुढाथोकी र नागार्जुन डोजाङकी दृष्टि लामा उत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा उत्कृष्ट बनेको प्रदीपले पुरुष २६ केजीमुनि र दृष्टिले महिला २८ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा १८ डोजाङ तथा विद्यालयका तीन सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ग्योरोगी तथा पुम्सेमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं टेक्निकल डेलिगेट्स बब्लु सिवाकोटी, राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक राजेश्वरमान स्थापित, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.