प्रि ओपन सेसनमा नेप्से परिसूचक ओरालोतिर
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६२ अंकले घटेर २६९४.०४ विन्दुमा अडिएको छ।
यो समयमा ४५ स्क्रिप्सको १ हजार ३९९ कित्ता सेयर ९ लाख ९३ हजार २१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २० स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो। २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !