उपाधिका लागि बैंग्लोरले पञ्जाबलाई दियो १९१ रनको लक्ष्य
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले पञ्जाब किंग्सलाई १९१ रनको विजयी लक्ष्य दिएको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन बनाएको हो।
आरसीबीका लागि ओपनर विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। उनले ३५ बलमा ३ चौका प्रहार गरे। अर्का ओपनर फिल साल्टले १६ रन बनाउँदै पञ्जाबका कप्तान श्रेयस अय्यरको हातमा क्याच भए।
६ ओभरमा १ विकेटको क्षतीमा आरसीबीले ५५ रन बनाएको थियो। तेस्रो क्रममा आएका मयंक अग्रवालले २४, कप्तान रजत पाटिदारले २६ रन, लियाम लिभिङस्टोनले २५, जितेश शर्माले २४ रन बनाए। रोमियो सेपहार्डले १७ रन बनाउँदा त्यसपछिका ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
अन्तिम ओभरमा अर्शदिप सिंहले सनसनीपूर्ण ३ विकेट लिँदै आरसीबीलाई १९० मा नै रोकेको हो। पञ्जाबको बलिङमा काइल जेमिसन र अर्शदिप सिंहले ३-३ विकेट लिए। अजमतुल्ला ओमरजाइ, विजय कुमार वेशक र युजवेन्द्र चहलले १-१ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !