सुन-चाँदीको मूल्य निरन्तर वृद्धि,कति पुग्यो तोलाको ?
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। अघिल्लो दिन मंगलबार २ हजार ९०० रुपैयाँले बढेको सुन आज ५ सय रुपैयाँले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ।
सोमबार प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो। महासंघका अनुसार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी एक तोलाको २ हजार ४५ रुपैयाँ कायम भएको थियो।
प्रतिक्रिया दिनुहोस !