नेदरल्यान्ड्सलाई पहिलो झट्का, सोमपालले लिए माइकलको विकेट
काठमाडौं : नेपालले नेदरल्यान्ड्सको पहिलो विकेट झारेको छ। आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो शृंखलाको दोस्रो खेलमा सोमपाल कामीले पहिलो विकेट लिएका छन्।
सोमपालले दोस्रो ओभरको पहिलो बलमा ओपनर माइकल लेभिटलाई कप्तान रोहित पौडेलको हातमा क्याच गराएका हुन्। लेभिटले ४ बलमा १ रन मात्रै बनाउँदै पेभेलियन फर्किए।
हालः २ ओभर सकिँदा नेदरल्यान्ड्स १ विकेटको क्षतिमा ६ रन बनाएर खेलिरहेको छ। म्याक ओ डुड र विक्रमजित सिंह क्रमशः ४ र १ रन बनाएर खेलिरहेका छन्। नेपालले पहिलो खेलमा स्कट्ल्यान्डलाई १ विकेटले हराएको थियो।
प्रतिक्रिया दिनुहोस !