मोरङमा लागुऔषधसहित दुई जना पक्राउ
विराटनगर : मोरङको ग्रामथानमा ‘ह्युम पाइप’मा लुकाएर राखिएको अवस्थामा बुधबार ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ। ग्रामथान गाउँपालिका–७ कलाबन्जार चोकबाट ३ सय ४७ किलोग्राम १ सय १० ग्राम गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनका अनुसार ओसारपसार गर्ने र ‘ह्युम पाइप’मा गाँजा लुकाएर राख्ने २ जना पक्राउ परेका छन्।
भारतीय नागरिक ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामतलाई पक्राउ गरिएको जोशीले जनाए।
बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !