आइपीएल विजेता आरसिबीको विजय उत्सवमा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११ पुग्यो

आइपीएल विजेता आरसिबीको विजय उत्सवमा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११ पुग्यो

बैंग्लोर : भारतको बैंग्लोरस्थित एम. चिन्नास्वामी क्रिकेट रंगशाला बाहिर भएको भागदौडमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ। आइपीएल विजेता आरसीबीले विजय उत्सव मनाउने क्रममा भएको भागदौडमा ३३ जना घाइते भएका छन्।

कर्नाटक राज्यका मुख्यमन्त्री सिद्धारमैयाले आयोजित पत्रकार सम्मेलन गरेर घटनाका विषयमा छानबिन हुने बताए। 'चिन्नास्वामी रंगशालाको मुख्य गेट अझै खुल्न बाँकी थियो, तर मानिसहरूको ठूलो भीडले सानो गेटलाई धक्का दिँदै भित्र पस्न खोज्दा भागदौड मच्चियो,' प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसले जनाएको छ।

विजय उत्सव मनाउन करिब दुई लाखभन्दा बढी समर्थक पुगेको बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रदाञ्जली अर्पण गरेका छन्। प्रहरीले अहिले स्थिति सामान्य रहेको बताएको छ। भीड व्यवस्थापनमा चुक भएको भन्दै घटनाको आलोचना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.