गोरखामा जिसस सदस्यद्वारा महिलामाथि कुटपिट

गोरखामा जिसस सदस्यद्वारा महिलामाथि कुटपिट

गोरखा : गोरखाकी एक जिल्ला समन्वय समिति गोरखाकी सदस्यका दम्पतीले ज्याला मजदुरी गरी खाने महिलामाथि कुटपिट गरेकी छन् । अजिरकोट गाउँपालिका- ५ बाट जिसस सदस्यमा निर्वाचित इन्दिरा देवकोटा र उनका श्रीमान् निवृत्त शिक्षक रामचन्द्र देवकोटाले सोही ठाउँकी ३५ वर्षीया कल्पना धिताललाई लछारपछार पार्दै कुटपिट गरेका हुन् । 

पीडित धितालको भच्चेक स्वास्थ्य चौकीमा सामान्य उपचार र गोरखा अस्पतालमा थप उपचार गरी बुधबार घर फर्किएकी छिन् । काम गरेको ज्याला माग्न जाँदा देवकोटा दम्पतीले आफूमाथि कुटपिट र लछारपछार गरेको पीडित महिलाको दुखेसो छ । ‘उनीहरू नाताले मेरो जेठाजु जेठानी हुन् । केही दिनअघि घरपछाडिको करेसा सफा गर्न लगाएका थिए’, धितालले भनिन्, ‘काम गरेकोे ज्याला माग्न जाँदा कपालमा समातेर लछारपछार पारे । कुटपिट पनि गरे ।’ देवकोटा दम्पतीले यसअघि पनि बारम्बार आफूमाथि यस्तो दुव्र्यवहार गर्ने गरेको उनले बताइन् । 

इन्दिरा देवकोटा नेकपा माओवादीको तर्फबाट निर्वाचित जिसस सदस्य हुन् । उनका श्रीमान् रामचन्द्र देवकोटा अजिरकोट २ स्थित स्यार्तान आधारभूत विद्यालयबाट निवृत्त भएका शिक्षक हुन् । देवकोटाले जनप्रतिनिधि भएकै हैसियतले आफूहरूलाई धम्क्याउने र तर्साउने गरेको पीडित कल्पनाकी १३ वर्षकी छोरी आयुषा धितालले बताइन् । 

 nullप्रदेश अस्पताल गोरखामा उपचाररत कल्पना धिताल । तस्बिर : शिव उप्रेती

आमासँग प्रदेश अस्पताल गोरखामा आएकी आयुषा अजिरकोट–५ मुच्चोकस्थित चर्तुमाला माविको कक्षा आठमा अध्ययनरत छिन् । इन्दिरा देवकोटाले पाँच सय रुपैयाँका लागि आफ्नो आमालाई पिट्ने, जबरजस्ती कपालमा समाएर लछारपछार पार्ने र पानीमा मुख डुबाउने जस्ता क्रियाकलापहरू गरेको आयुषा बताउँछिन् । ‘उनीहरूको र हाम्रो घर नजिकै छ । 

आइतबार बिहान आमा काम गरेको पैसा माग्न जानुभएको थियो । त्यहीबेला उनीहरूले पैसा दिनुको साँटो नराम्रो व्यवहार गरेर कुटपिट गरे’, १३ वर्षकी उनले भनिन्, ‘आमा रोएको, कराएको सुनेर म पनि पुगेँ । इन्दिरा देवकोटाको बुढाबुढीले आमालाई लछारपछार पारेको, पानीमा मुख डुबाएको भिडियो पनि खिचेको छु । अहिले त्यो भिडियो डिलिट गर भनेर धम्क्याएका छन् । तर, भिडियोहरू सुरक्षित छन् ।’

उनले लिएको भिडियोमा इन्दिरा देवकोटा र उनको  श्रीमान् रामचन्द्र देवकोटाले कल्पना धितालको कपालमा समाएर लछारपछार पर्दै पानीमा मुख डुबाएको देखिन्छ । स्थानीय युवाहरूले सो भिडियो सामाजिक सञ्जालमा पोस्ट र सेयर गरेर भाइरल बनाएका छन् । आयुषा घरको तनाव र देवकोटा दम्पतीको धाकधम्कीका कारण हाल पढाइ छोडेको बताउँछिन् ।

‘आमालाई यसअघि पनि यसरी पिट्ने, ठूलबाबा (रामचन्द्र देवकोटा) रक्सी खाएर हातपात गर्न खोज्नुहुन्थ्यो । यो पटक भने सारै गर्नुभयो’, उनले भने, ‘यही तनावहरूले गर्दा पढ्न पनि गाको छैन । अब घरको अवस्था शान्त भएपछि मात्र पढ्ने होला ।’ पीडित कल्पना धितालको श्रीमान् तुलसीप्रसाद धिताल अजिरकोट–५ मुच्चोककै जनप्रभात प्राविमा कार्यालय सहयोगी छन् । यस विषयमा जानकारी लिन जिसस सदस्य देवकोटालाई टेलिफोनमा सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन आलटाल गरिन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.