स्याङ्जाका बजारमा अनुगमन, अधिकांश पसलमा म्याद नाघेका खाद्य वस्तु र पेयपदार्थ

स्याङ्जाका बजारमा अनुगमन, अधिकांश पसलमा म्याद नाघेका खाद्य वस्तु र पेयपदार्थ

स्याङ्जा : गण्डकी प्रदेश सरकार कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखराले कृषि ज्ञान केन्द्र स्याङ्जाको समन्वयमा यहाँका पसलहरूको अनुगमन तथा निरीक्षण गरेको छ। पुतलीबजार नगरपालिकामा स्थापित ३२ वटा पसलहरूको अनुगमन तथा निरीक्षण गरिएको हो। यहाँका खाद्य ,किराना पसल,तरकारी, फलफूललगायतका पसलहरूको अनुगमन तथा निरीक्षण गरिएका हुन्।

अनुगमनका क्रममा केही पसलमा मूल्य सूची नराखिएको,म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ राखिएको,पसलमा बोर्ड नराखिएको भेटिएको थियो। अखाद्य वस्तुहरूलाई तत्कालै नष्ट गरिएका छन्। ती खाद्य तथा पेय वस्तु तत्कालै नष्ट गरि पुन: यस्ता कार्य नगर्न सुझाव दिएएको खाद्य अनुसान्धान अधिकृत कुमार भण्डारीले जानकारी दिए।

पसल सञ्चालकलाई मुल्यसूची राख्न, म्याद गुज्रेका खाद्य तथा पेय वस्तु छुट्टाएर राख्न,पसलको बोर्ड राख्न र पुनः यस्ता गल्ती नदोहोर्याउन समेत सुझाव दिइएको छ।  क्रेता तथा बिक्रेता दुबैले स्वस्थ्य खाद्य बस्तुको उपयोग गरी स्वस्थ्य रहंन भन्ने उद्देश्यले कृषि तथा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यस्ता अभियान सुरू गरेको मन्त्रालयका उपसचिव पुष्पराज बरालले बताए। 

बढ्दो अखाद्य वस्तु मिसावट तथा म्याद गुज्रेका वस्तुको बिक्री वितरणको नियन्त्रणका लागि संघ,प्रदेश र स्थानीय तहको समन्वय हुनु जरुरी रहेको उनले सुझाए। अनुगमनमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, खाद्य पदार्थ गुण नियन्त्रण कार्यालय पोखरा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय, पुतलीबजार नगरपालिका, कृषि ज्ञान केन्द्र, पर्यटन तथा उद्योग कार्यालय, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ,उपभोक्ता मञ्चलगायतको सहभागिता थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.