मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

विराटनगर : मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। मोरङको सुनवर्षी र विराटनगरमा छुट्टाछुट्टै घटना भएका हुन्। 

सुनवर्षी नगरपालिका–९ मलढैयास्थित झपतल–डाइनिया सडकमा रोकिएको मे१त ११०५ नम्बरको ट्याक्टरमा मे७प १०२९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक भारतीय नागरिक २२ वर्षीय नवीनकुमार पोदारको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए। उनका अनुसार गम्भीर घाइते भएका पोदारलाई रंगेली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। 

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार भारतका १९ वर्षीय पुप्पुकुमार बहरदारको रंगेली अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर चालक सुनवर्षी–९ का ३० वर्षीय प्रकाश ऋषिदेवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

त्यस्तै, विराटनगरमा सीटी सफारी चार्ज गर्न बनाइएको चार्जिङ स्टेशनमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार करेन्ट लागेर रंगेली नगरपालिका–६ का ३५ वर्षीय मनोज यादवको मृत्यु भएको हो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.