बडीमालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
बाजुरा : बडीमालिका नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको छ ।
स्वास्थ्य मन्त्रालयले तय गरेका मापदण्डहरू पूरा गरेपछि बडीमालिका नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताए।
नगरपालिकाका सबै बालबालिका पूर्ण खोप सेवाको पहुँचमा पुगेका छन्।
नगर प्रमुख अमर खड्काले बडीमालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको बताए।
प्रतिक्रिया दिनुहोस !