परिवारै मिलेर युवतीको हत्या, ६ वर्षपछि पक्राउ

परिवारै मिलेर युवतीको हत्या, ६ वर्षपछि पक्राउ

विराटनगर : परिवारै मिलेर युवतीको क्रूरतापूर्वक हत्या गरिएको घटनामा संलग्न अभियुक्त ६ वर्षपछि विराटनगरबाट पक्राउ परेका छन्। 

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले हत्यामा संलग्नमध्ये विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय एसराज लामालाई पक्राउ गरिएको जानकारी दिइन्। उनका अनुसार झापाको अर्जुनधारा नगरपालिका–११ घर भइ विराटनगर–१६ मा डेरा बस्दै आएकी २१ वर्षीया ईशा योगी शेर्पाको ६ वर्षअघि हत्या भएको थियो। 

भाडाको कोठामा बसेर पसलमा काम गर्दै आएकी ईशा एसराजका छोरा २१ वर्षीय रेम्बो भनिने रुद्रराज लामासँग प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ। प्रेमिकालाई रुद्रराजले घरमा बोलाएर घरपरिवारसमेतको मिलेमतोमा शरीरमा पेट्रोल छर्किएर २०७६ वैशाख ८ गते आगो लगाई घाइते बनाएको अनुसन्धानबाट खुलेको छ। 

गम्भीर घाइते ईशाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि रुद्रराज, उनका बुवा एसराज र आमा फरार थिए। प्रहरीले २०७६ जेठ १३ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको भएपनि उनीहरू पक्राउ परेका थिएनन्। फरार रहेकामध्ये एसराज पक्राउ परेका हुन्। रुद्रराज र उनकी आमा हालसम्म फरार छन्। युवतीको हत्यापछि रुद्रराज विदेश पुगेको जानकारी प्रहरीले प्राप्त गरेको छ। 

उनलाई इन्टरपोलको सहयोगमा नेपाल झिकाउने तयारी गरिएको प्रहरी स्रोतले बतायो। आमा कहाँ छन् भन्ने प्रहरीले पत्तो पाएको छैन। तर, उनका बुवा एसराजलाई भने शनिबार घरबाटै पक्राउ गरिएको डीएसपी चुँडालले बताइन्। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.