अत्यधिक गर्मीका कारण जनकपुरधामका विद्यालयमा दुई दिन बिदा
ढल्केवर(धनुषा) : अत्यधिक गर्मीका कारण जनकपुरधामका विद्यालयमा दुईदिन बिदा दिइएको छ। पछिल्लो समय बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगरभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिन बन्द रहने जनाएको छ।
मंगलवार उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख धीरन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते गरी दुईदिन वर्षे बिदाबाट कट्टा हुने गरी उपमहानगरभित्रका विद्यालयहरूमा पठनपाठन बन्द हुने जानकारी दिएका छन्।
पछिल्लो समय तराई मधेसमा बढ्दो गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ।
प्रतिक्रिया दिनुहोस !