मोबाइल लुटेर फिरौती मागेको आरोपमा ३ जना पक्राउ
विराटनगर : मोबाइल लुटेर फिरौती मागेको आरोपमा विराटनगरबाट ३ जना पक्राउ परेका छन्। प्रहरीले भारतीय नागरिकसँगको मिलेमतोमा मोबाइल लुटेर फिरौती रकम माग गरेको आरोपमा पक्राउ गरेको हो।
विराटनगर महानगरपालिका–१६ का १९ वर्षीय प्रलवकुमार विक, दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भारतीय नागरिक २२ वर्षीय गोलु सिंह फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले बताए।
प्रतिक्रिया दिनुहोस !