यसकारण खानुपर्छ खनिज पदार्थ

यसकारण खानुपर्छ खनिज पदार्थ

शरीरलाई विभिन्न रोगको संक्रमणबाट जोगाउन खनिजको आवश्यकता पर्छ। शरीरको रक्षा गर्नमा खनिजको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यस्तै शरीरका कोषहरूको वृद्धि विकास र राम्रोसँग कार्यसञ्चालनको लागि क्याल्सियम, फस्फोरस, आयोडिन, फलाम आदि खनिज पदार्थहरू आवश्यक पर्छन्। 

क. क्याल्सियमका कार्यहरू

– रगत जम्ने प्रक्रियामा सहयोग गर्छ।

– हात तथा दाँतको विकासमा यसको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।

– मांसपेशीय तन्तुहरू तथा स्नायु तन्तुहरूको काममा सहयोग गर्छ।

– मुटुको नियमित कार्यमा सहयोग गर्छ।

ख. फस्फोरसका कार्यहरू

– दाँत तथा हाडको वृद्धि र विकासमा सहयोग गर्छ।

– मांसपेशी खुम्चने र फुक्ने कार्यमा सहयोग गर्छ।

– चिल्लो पदार्थलाई पचाएर मांसपेशी र कलेजोमा भण्डारण गरेर राख्ने कार्यमा सहयोग गर्छ।

– यसले डीएनए र आरएनए निर्माणमा सहयोग गर्छ। 

ग. आयोडिनका कार्यहरू

– शारीरिक तथा मानसिक विकासमा सहयोग गर्छ।

– थाइराइड ग्रन्थीले उत्पादन गर्ने थाइरोक्सिन हर्मोन उत्पादन गर्न सहयोग गर्छ।

– सुत्केरी आमाको स्तनमा दूध उत्पादन गर्ने कार्यमा सहयोग गर्छ।

– गलगाँड हुनबाट बचाउँछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.