माछा मार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु
करेन्ट लागेर दम्पतीको मृत्यु भएको घटनास्थल।

विराटनगर : खोलामा विद्युत प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार बिहान दम्पतीको मृत्यु भएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले सुन्दरहरैँचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको जानकारी दिइन्। 

उनका अनुसार सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 
लिम्बू दम्पतीले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गर्दा घटना भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार अचानक करेन्ट लागेर दुवै जनाको बिहान ९:४० बजेतिर मृत्यु भएको हो। घटनास्थल इलाका प्रहरी कार्यालय बेलबारीबाट करिब ११ किलोमिटर पश्चिममा पर्छ। 

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चुँडालले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.