हेटौंडामा बस ब्रेकफेल भई कार र ट्यांकरमा ठोकिँदा १० जना घाइते

हेटौंडामा बस ब्रेकफेल भई कार र ट्यांकरमा ठोकिँदा १० जना घाइते

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१५ स्थित डाईभरडाँडामा सवारी दुर्घटना हुँदा १० जना घाईते भएका छन्। 

शनिबार दिउँसो पूर्व पश्चिम सडक खण्डमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख २९७० नम्बरको बस ब्रेक फेल भई विपरीत दिशाबाट जाँदै गरेको अनटेस्ट कार र वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख ४४० नम्बरको ट्यांकरलाई समेत पछाडिबाट ठक्कर दिँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बसमा सवार ४ र कारमा सवार ६ गरी कुल १० जना रहेका थिए। घाइतेहरूलाई उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल पठाएकोमा ६ जनाको अवस्था मध्यम र ४ जना सामान्य रहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.