यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

दैलेख : कर्णालीमा पहिलो पटक आयोजना गरिएको राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सकिएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा सञ्चालन भएको १६ वर्षमुनिको टिबी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले हात पारेको छ। मधेशले पहिलो ऐतिहासिक उपाधि जित्न सफल भएको हो। शनिबार भएको फाइनल खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले हराउँदै उपाधि हात पारेको हो।

टस हारेर पहिला ब्याटिङको निम्ता पाएको बाग्मतीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै एक सय १२ रन बनाएको थियो। बागमती प्रदेशका लागि ओपनरद्धय सूर्याशु कोईरालाले ७ बलमा १० रन जोड्दा  ४० बल खेलेका प्रशिद्ध जैसीले २५ रन बनाए। यस्तै अर्का ब्याटर जोय थापा ६ रन जोडेर डगआउट फर्किए भने  शिवशक्ति महतो २ रनमै आउट भए। यसैगरि बागमतीका लागि अभी थपलियाले २३ बलमा ४ रन, रोहित ठाकुरले ४६ बलमा २२ तथा आशीष गुप्ताले १७ रन जोडे। राजेश बोहोरा १ तथा कमल शाही नटआउट ४ रन जोडे।  बागमतीले २१ रन अतिरिक्त पाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको मधेशका लागि उपाधि दिलाउन ओपनर आयान मुखियाले ३३ बलको सामना गर्दै नटआउट २२ तथा पाँचौ अर्डरका सन्तु मण्डलले २२ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिए। आयानसँगै ओपनिङमा आएका सुशान्त सिंह १५ बलमा १२ रन बनाएका थिए। 

कर्णालीमा जारी राष्ट्रियस्तरको उक्त क्रिकेट प्रतियोगितामा प्रथम हुने मधेश प्रदेशलाई कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले एक लाख २५ हजार राशिको पुरस्कार प्रदान गरे। प्रतियोगितामा मधेशका रोहन यादव प्लेयर अफ दी फाइनल, मधेशका अभय यादव बेष्ट बलर तथा बेष्ट ब्याटर र प्लेयर अफ दी टुर्नामेन्टको उपाधि लुम्बिनी प्रदेशका रौनक श्रीवास्तव बनेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना, कर्णाली प्रादेशिक क्रिकेट संघको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा कर्णालीमा पहिलो पटक क्रिकेटको राष्ट्रिय प्रतियोगिता भएको हो। यही जेठ १९ गतेदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सञ्चालित प्रतियोगितामा सातै प्रदेशका टोलीहरूको सहभागिता थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.