केदारनाथबाट फर्किरहेको हेलिकप्टर दुर्घटनाग्रस्त, सात जनाको मृत्यु

केदारनाथबाट फर्किरहेको हेलिकप्टर दुर्घटनाग्रस्त, सात जनाको मृत्यु

काठमाडौं : आइतबार बिहान भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। हेलिकप्टरले केदारनाथ धामबाट तीर्थयात्रीहरूलाई गुप्तकाशी बेसमा फिर्ता ल्याइरहेको थियो। 

हेलिकप्टरमा ६ जना वयस्क र एक शिशु सवार थिए। हेलिकप्टर दुर्घटनाको कारण उपत्यकामा अचानक मौसम बिग्रनु भएको बताइएको छ।

उत्तराखण्ड एसडीआरएफले दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि गरेको छ।

जिल्ला पर्यटन विकास अधिकारी तथा नोडल हेली सेवा राहुल चौबेले भने,‘आज बिहान हामीले हेली हराएको बारेमा जानकारी पायौँ। जानकारी पाउने बित्तिकै हामीले यसको खोजी र अनुसन्धान सुरु गर्‍यौँ।’ उनले हेलिकप्टरमा पाइलट बाहेक पाँच यात्रु र एक शिशु रहेको जानकारी दिए।  

मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.