तरकारी बोक्ने गाडीमा गाँजा तस्करी, तीनजना पक्राउ

तरकारी बोक्ने गाडीमा गाँजा तस्करी, तीनजना पक्राउ
तस्बिर : अन्नपूर्ण

धरान :  लागुऔषध नियन्त्रणमा सुनसरी प्रहरीले कडाइ गर्न थालेपछि तस्करहरूले गाँजा तस्करी गर्ने नयाँ विधि अपनाउन थालेका छन् । निजी गाडी,सरकारी नम्बर प्लेटका गाडि र एम्बुलेन्समार्फत् गाँजा तस्करी हुँदै आएको सुनसरीमा तस्करहरूले तरकारी बोक्ने गाडी प्रयोग गरी गाँजा तस्करीको नयाँ विधि अपनाउन थाकेका हुन्।

धनकुटाको सहिदभूमि गाउँपालिका र सागुरीगडी गाउँपालिकामा उत्पादन हुँदै आएको गाँजा तरकारी बोक्ने गाडी प्रयोग गरी सुनसरीतर्फ तस्करी हुने गरेको पाइएको छ। प्रहरीले सोमबार र मंगलबार ४ हजार २ सय ३० केजी गाँजा र तस्करीमा प्रयोग गरिएका दुईवटा मालबाहक ट्रक बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनले गाँजा तस्करी रोक्न सुनसरीका सबै नाकाहरूमा चौबीसै घण्टा प्रहरी परिचालन गरिएको बताए । 

मंगलबार धनकुटाबाट तरकारी बोकेर धरान आउँदै गरेको ना ५ ख ६११६ नम्बरको ट्रकलाई इटहरी-२० स्थित तरहराको जंगलमा चेकजाँच गर्दा २ हजार १०० केजी गाँजा बरामद गरिएको एसपी तिम्सिनाले बताए । उनले ट्रकभित्र ४८ बोरा बन्दाकोपी र १२ बोरा आलुले छोपेर गाँजा तस्करी गरिएको बताए ।

गाँजा तस्करीमा संलग्न ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका वडा-६ बस्ने ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा सवार  ३३ वर्षीय सुनिल राई र चेकिङ स्थानमा शंकास्पद रुपमा आएका सुनसरीको बराहक्षेत्र नगरपालिका-९ बस्ने ३४ वर्षीय  सुमन राईलाई पक्राउ  गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार  गाँजा तस्करीमा अन्य व्यक्तिहरूको समेत संलग्नता हुनसक्ने र उनीहरूलाई समेत पक्राउ गरि प्रतिवादी बनाई मुद्दा चलाइनेछ । बरामद गरिएको गाँजासहितको ट्रक र अभियुक्त तीनैजनालाई  इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइ घटनाको थप अनुसन्धान थालिएको डीएसपी लक्ष्मी भण्डारीले बताए।

सोमबार सशस्त्र प्रहरीले पनि धरानबाट तरकारी बोकेको ट्र्कमा २ हजार १३० केजी गाँजा,अदुवा र बन्दाकोपी बरामद गरेको थियो । बरामद तरकारी भन्सार कार्यालय सुनसरीमा बुझाइने प्रहरीले बताएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.