अमलेखगञ्जमा बाघको आक्रमणबाट एकजनाको मृत्यु
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका -२१ अमलेखगञ्जमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा-२१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोन रहेका छन् । ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा बुधबार बिहान क्षतविक्षत अवस्थामा फेला परेको हो । ब्लोन मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएका थिए ।
जंगलबाट नफर्किएपछि उनको खोजी जारी थियो। जंगलमा खोज्दै जाने क्रममा बाघले खाइरहेकै अवस्थामा शव फेला परेको जीतपुरसिमरा- २१ वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए ।
शव फेला परेपछि तत्कालै प्रहरी, जनप्रतिनिधि र स्थानीयबासी घटनास्थल पुगेका छन् । अविवाहित ब्लोन लामो समयदेखि दिदीभिनाजुको घरमा बस्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस !