१ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थसहित भारतीय नागरिक ५३ वर्षीया MEENA SURJEET SINGH KHEMANI मंगलबार राति पक्राउ परेकी हुन्
उनी एयर अरेवियाको उडानबाट काठमाडौं आएकी हुन्। प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्याप गरेको ३ वटा डल्लाको सुनजस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !