अधिकृत प्रथम श्रेणीका महिला कर्मचारीलाई नेतृत्व विकासमूलक प्रशिक्षण

अधिकृत प्रथम श्रेणीका महिला कर्मचारीलाई नेतृत्व विकासमूलक प्रशिक्षण

काठमाडौं :  सहसचिव तथा अधिकृत प्रथम श्रेणीका महिला कर्मचारीहरूलाई नेतृत्व क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न आयोग तथा संवैधानिक निकाय,निजामति तथा सुरक्षा निकायका सहसचिव तथा अधिकृत प्रथम श्रेणीका महिला कर्मचारीलाई प्रशिक्षण दिएको हो। प्रशिक्षण ​​​​​ असार १ गतेदेखि तीन दिनसम्म चलेको थियो।

सार्वजनिक प्रशासन क्षेत्रमा महिलाहरूको नेतृत्व क्षमतालाई थप सुदृढ बनाउन कार्यक्रमको आयोजना गरिएको हो। उक्त कार्यक्रमले रणनीतिक सोच,प्रभावकारी सञ्चार,समूह व्यवस्थापन तथा अन्तरव्यक्तिगत सम्बन्ध व्यवस्थापनजस्ता महत्वपूर्ण पक्षहरूमा सहभागीहरूलाई सशक्त पार्ने प्रयास गरेको थियो। 

प्रशिक्षणमा नेपाल सरकारका २७ जना महिला उच्चअधिकारी सहभागी थिए। जसमा नेपाली सेना,निजामति,प्रहरी,स्वास्थ्य क्षेत्रका महिला कर्मचारी सहभागी थिए। प्रशिक्षण कार्यक्रममा पार्वती शर्मा, गीता कुमारी हुमागाईं,मुन्नादेवी श्रेष्ठ,हिराकुमारी निरौला,रोजिना ताम्राकार,करुणा केसी,अनिता निरौलालगायत २७ जनाको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.