वीरगन्जमा अफिमसहित चार जना पक्राउ

वीरगन्जमा अफिमसहित चार जना पक्राउ

वीरगन्ज : वीरगन्जको रजतजयन्ती चोकबाट प्रहरीले लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पटेर्वासुगौली गाँउपालिका-१ का ४० वर्षीय विनोद गिरी, वडा-५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षीय रामेश्वर राउत छन्।

वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकमा वीरगन्जबाट भारतको रक्सौलतर्फ जाँदै गरेका ना४६प २५४० र ना४०प ६४६९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा ना४०प ६४६९ नम्बरको मोटरसाइकलमा सवार रामेश्वर र गिरीको साथमा रहेको प्लाष्टिकको झोलाभित्रबाट अफिम १ केजी बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरूसँगै रहेका ना४६ प २५४० नम्बरको मोटरसाइकलमा सवार प्रदीप र सुनिल पनि अफिम तस्करीमा संल्गन रहेको भेटिएपछि उनीहरूलाई पनि नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

अफिम र दुवै मोटरसाइकलसहित नियन्त्रणमा लिइएका चारै जनालाई प्रहरी हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.