प्रचण्ड नआएपछि शीर्ष तीन नेताको बैठक स्थगित

प्रचण्ड नआएपछि शीर्ष तीन नेताको बैठक स्थगित
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको शीर्ष तीन नेताको बैठक स्थगित भएको छ। 

प्रमुख प्रतिपक्षी दल एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि बैठक स्थगित भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। 

यसअघि बिहीबार दिउँसो २ बजे सिंहदरबारमा शीर्ष तीन नेताको बैठक बस्ने भनिएको थियो। संसदको गतिरोध अन्त्य र संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने लगायतका एजेन्डमा छलफल हुने बताइएको थियो। भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले निरन्तर संसदमा विरोध गर्दै आएका छन्। त्यसका बाबजुद सभामुख देवराज घिमिरेले संसदको काम कारबाही सञ्चलन गरिरहेका छन्। यसले संसदको गरिमामाथि गम्भीर प्रश्न उठिरहेकाले तीन शीर्ष नेताले यस विषयलाई टुंगोमा पुर्‍याउने अपेक्षा गरिएको स्रोतको भनाइ छ। 

बुधबार सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पनि यिनै विषयमा छलफल भएको थियो। उनीहरूबीच संसद गतिरोध अन्त्य गर्ने विषयमा छलफल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.