रासायनिक मल घोटाला मुद्दाका दोषी तीन वर्षपछि पक्राउ

रासायनिक मल घोटाला मुद्दाका दोषी तीन वर्षपछि पक्राउ

धरान  : रासायनिक महल हिनामिना मुद्दामा दोषी ठहर भएका व्यक्ति तीन वर्षपछि सुनसरीको इटहरीबाट पक्राउ परेका छ्न् । विशेष अदालत काठमाडौंले रासायनिक मल भ्रष्टाचारमा कैद र जरिवानाको फैसला गरेपछि फरार रहेका इटहरी उपमहानगरपालिका-११ का ५२ वर्षीय दिलचन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छ्न् । 

रासायनिक मल हिनामिना प्रकरणमा मुछिएका राईलाई विशेष अदालत काठमाडौंले  २०७९।०५।२८ गते २ वर्ष ६ महिना कैद र ७ लाख ५३ हजार ६७५ रुपैयाँ जरिवाना गरेको थियो ।  राई लामो समयदेखि लुकीछिपी बस्दै आएका थिए। गोप्य सूचनाको आधारमा उनकै घर आसपासबाट सामूदायिक प्रहरी बिट भवानीपुर इटहरीबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको डीएसपी खतिवडाले बताए । 

उनले अदालतको फैसला कार्यान्वयनका लागि पकाउ परेका राईलाई  जिल्ला अदालत सुनसरीमा बुझाइएको बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.