स्याङ्जाका ६५ स्थान बाढीपहिरोको जोखिममा
स्याङ्जा : स्याङ्जाका ६५ स्थान बाढीपहिरोको जोखिममा रहेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बाढीपहिरोका जोखिम ६५ वटा स्थान पहिचान गरेको हो।
जोखिम स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरिएको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले बताए।
न्यौपानेले जोखिमयुक्त स्थानमा बस्दै आएका करिब ३ हजार ८ सय जनाका लागि ९० स्थान छनौट गरिएको बताए।
प्रतिक्रिया दिनुहोस !