प्रधानमन्त्रीले हाम्रा कुरा सुन्न चाहनु भएन, अनि बैठक बहिष्कार गर्‍यौं : रास्वपा

प्रधानमन्त्रीले हाम्रा कुरा सुन्न चाहनु भएन, अनि बैठक बहिष्कार गर्‍यौं : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएपछि बैठक बहिष्कार गरेको बताएका छन्। ‘भिजिट भिसा’ प्रकरणलाई लिएर  संसद्मा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

'हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा कुरा सुनाउन चाहन्थ्यौँ,उहाँ हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो । त्यसपछि हामी पनि निस्क्यौँ,'उनले भने।

उनीहरूको विरोधका कारण आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमसमेत प्रभावित भएको छ।  बैठक सुरू हुनेवित्तिकै नाराबाजीमा उत्रिएपछि सभामुखले बैठकको निर्धारित कार्यसूची अघि बढाउन आग्रह गरेका थिए। सभामुखको आग्रहलाई अटेरी गरेपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सूचीबाट हटाइएको थियो।

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सबै सांसदहरूले विरोधस्वरूप कालोवस्त्र र नीलो ‘रिबन’ लगाएर उपस्थित भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.