प्राकृतिक प्रकोपपछिको उद्धार र राहतका लागि तयारी अवस्थामा रहन पार्टी जनसंगठनलाई प्रचण्डको निर्देशन

प्राकृतिक प्रकोपपछिको उद्धार र राहतका लागि तयारी अवस्थामा रहन पार्टी जनसंगठनलाई प्रचण्डको निर्देशन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई आग्रह गरेका  छन्।

शुक्रबार काठमाडौंमा माओवादीको विपद्‌ व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको नेपालमा विपद्को अवस्था र पूर्वतयारीसम्बन्धी अन्तरक्रियामा प्रचण्डले प्राकृतिक प्रकोप हुने धनजनको क्षति न्यूनिकरण गर्न उद्दार र राहतका लागि तयारी अवस्थामा रहन पार्टीका जनसंगठनलाई आग्रह गरेका हुन्।

माओवादीअन्तर्गतको भातृसंगठनहरूले स्वयंसेवक निर्माण गर्नका लागि आवश्यक पहल गर्न समेत उनले निर्देशन दिए। बिपद् आउनुअगाडि नै पूर्वतयारी महत्वपूर्ण कुरा भएको भन्दै प्रचण्डले यसमा राष्ट्रिय बिपद् न्यूनिकरण प्राधिकरणले बढि पहल लिन जरुरी रहेको धारणा राखे।

राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय मातहत रहे यसले प्रभावकारी रुपमा काम गर्न सक्ने उनले बताए। प्रचण्डले बिपद् न्यूनिकरणका लागि सरकारी, गैरसरकारी, भातृसंगठन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.