आक्रमणमा इरानका वरिष्ठ कमाण्डर मारिएको इजरायलको दाबी
काठमाडौं : इजरायली रक्षामन्त्री इजरायल काट्जले आईडीएफले इरानी शहर कोममा रहेको एक आवासीय भवनमा आक्रमण गरेको बताए। आक्रमण एक वरिष्ठ इरानी कमाण्डरको मृत्यु भएको उनले बताए।
काट्जले सईद इजादीले अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणलाई आर्थिक सहयोग गरेका बताए।
उनले भने,‘यो इजरायली गुप्तचर विभाग र वायुसेनाका लागि ठूलो उपलब्धि हो। मारिएका र बन्धकलाई न्याय मिल्नेछ। इजरायलको लामो हात सबै शत्रुसम्म पुग्छ।’
इजादी इरानको शक्तिशाली कुड्स फोर्सका सदस्य थिए। कुड्स फोर्स इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)को एक शाखा हो।
यद्यपि आईआरजीसीले अहिलेसम्म इजादीको मृत्युको पुष्टि गरेको छैन।
प्रतिक्रिया दिनुहोस !