इरान–इजरायल द्वन्द्वमा कसले कति क्षति बेहोर्यो ?
काठमाडौं : इजरायली सेनाले दक्षिण–पश्चिमी इरानमा ‘सैन्य पूर्वाधार’लाई लक्षित गरी आक्रमण गरेको बताएको छ।
यसैबीच, इरानी समाचार एजेन्सी नूरले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै द्वन्द्व सुरु भएदेखि इरानमा कम्तीमा ४३० जनाको मृत्यु भएको र ३,५०० भन्दा बढी घाइते भएको बताएको छ।
इजरायलले दिएको जानकारी अनुसार हालसम्म २५ जनाको मृत्यु भएको छ भने २,५१७ जना घाइते भएका छन्।
इजरायल–इरान द्वन्द्व सुरु भएको नौ दिन भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !