माधव नेपालमाथि झुठा मुद्दा लगाइयो : वरिष्ठ उपाध्यक्ष पाण्डे
स्याङ्जा : नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि झुठा मुद्दा लगाएर फसाएको आरोप लगाएका छन्।
नेकपा एस स्याङजाको नवौं जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उपाध्यक्ष पाण्डेले झण्डै ४ वर्षअघि तामेलीमा रहेको मुद्दा उल्झाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष नेपालमाथि अन्याय गरेको दाबी गरे। उनले भने, ‘यदि माधव नेपाल जेल गए भने त्यसपछि ओली पनि जेल जानेछन्।’
प्रधानमन्त्री ओलीलाई अत्याचारी शासक भएको भन्दै भ्रष्टाचार ढाकछोपका निम्ति सरकारमा गएको जिकिर गरे। संविधान संशोधनका कुरा सबै बिर्सिएको उनले बताए। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पाण्डेले सबैका मन जित्ने गरी कार्यकर्ताका काम गर्न सुझाव दिए।
गाउँ गाउँमा पुगेर संगठन विस्तार गर्न समेत आग्रह गरे। सोही कार्यक्रममा नेता पाण्डेले सहभागी नेता तथा कार्यकर्तालाई पार्टीका सिद्धान्त र गतिविधिका बारेमा प्रशिक्षित गराए।
प्रतिक्रिया दिनुहोस !