पोखरीमा डुबेर बालकको मृत्यु
असार ८, २०८२ आइतबार १९:१८:१०
विराटनगर : मोरङमा पोखरीमा डुबेर आइतबार अपराह्न एक बालकको मृत्यु भएको छ। धनपालथान गाउँपालिका–७ कदमाह टोल बस्ने विजय शर्माका ८ वर्षीय छोरा ऋषि शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीले बताए।