हमासले बन्धक बनाएको भनिएका ८ जनाको शव फेला, विपिनको अवस्था अझै अज्ञात

हमासले बन्धक बनाएको भनिएका ८ जनाको शव फेला, विपिनको अवस्था अझै अज्ञात
कञ्चनपुरका विपिन जोशी। उनलाई हमासले बन्धक बनाएको भनिए पनि उनको अवस्था अझै अज्ञात छ।

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पट्टीमा हालैको सैन्य अपरेशनका क्रममा तीन इजरायली बन्धकहरूको शव फेला परेको जानकारी दिएका छन्। शनिबार प्राप्त शवहरूमा योनाटन समेरानो, ओफ्रा केइदार र स्टाफ सार्जेन्ट शाई लेभिनसन रहेका छन्।

प्रधानमन्त्री नेतान्याहूले विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गरेका हुन्। यस सफल अप्रेशनका लागि उनले आफ्ना कमाण्डरहरूलाई धन्यवाद पनि दिएका छन्। 

इजरायली रक्षा बल (आइडीएफ)ले यो महिनामा मात्रै गाजाबाट आठ बन्धकहरूको शव फेला पारिसकेको जानकारी दिएको छ। नेतान्याहूले भने, 'अपहरणमा परेकाहरूलाई घर फर्काउने अभियान निरन्तर जारी छ। जुन इरानविरुद्धको अभियानसँगै अगाडि बढिरहेको छ। हामी जीवित र मृत सबै अपहरणमा परेकाहरूलाई नफर्काएसम्म विश्राम गर्नेछैनौं।'

हालः फेला परेका तीन बन्धकहरूमध्ये ७१ वर्षीया ओफ्रा केदारलाई गत वर्षको अक्टोबर ७ मा हमासले दक्षिण इजरायलको किबुट्जबाट हत्या गरी शव गाजातर्फ लगेका थिए। १९ वर्षका स्टाफ सार्जेन्ट शाई लेभिनसन आतंककारीहरूसँग भिड्दा मृत्यु भएको थियो। योनाटन समेरानोको शव फेला परेको पुष्टि उनका पिता कोबी समेरानोले सामाजिक सञ्जालमार्फत गरेका थिए। संयोगवश शनिबार उनी योनाटनको २३औं जन्मदिन पनि थियो।

अहिले पनि करिब ५० जना बन्धकहरू गाजामा रहेका छन्। उनीहरूलाई सुरक्षित फिर्ता ल्याउनु नै पूर्ण इजरायली विजयको मूल कुञ्जी हुने प्रधानमन्त्री नेतान्याहूको भनाइ छ।

गएको वर्ष अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले गाजामा सैन्य कारबाही थालेको थियो। उक्त हमलामा झण्डै १,२०० जनाको ज्यान गएको थियो भने २५१ जना बन्धक बनाइएका थिए। इजरायली सेनाका अनुसार हालसम्म गाजामा अपहरणमा परेकामध्ये ५४ जना अझै कैदमा छन्, जसमध्ये ३१ जनाको मृत्यु भइसकेको बताइएको छ।

विपिन जोशी अझै अज्ञात
हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो। ११ महिनाका लागि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरायल पुगेका कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारीको मृत्यु भएको थियो।

उक्त आक्रमणका क्रममा हमासले एक नेपालीलाई बन्धक बनाएको थियो। हमासले कञ्चनपुरका विपिन जोशीलाई बन्धक बनाएको बताए पनि हालसम्म उनको अवस्था अज्ञात छ। सरकारले विभिन्न माध्यमबाट विपिन जोशीको बारेमा पत्ता लगाउन खोजे असफल रहँदै आएको छ। तर, सरकारले विपिनको रिहाइका लागि सक्दो पहल गरिरहेको बताउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.