पत्नीको घाँटी थिचेर हत्या गर्ने युवक पक्राउ

पत्नीको घाँटी थिचेर हत्या गर्ने युवक पक्राउ

वीरगन्ज : पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाँउपालिका-४ जगरनाथपुरका २३ वर्षीय सफी राजा मियाँ रहेका छन्।

सफीकी पत्नी २१ वर्षीया लालबिबी खातुन आफ्नै सुत्ने कोठामा शनिबार राति मृत अवस्थामा भेटिएकी थिइन्। उक्त खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापा नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेर शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको थियो।

त्यसपछि अनुसन्धान थालेको प्रहरीले खातुनको हत्या उनका पति सफी राजाले गरेको आशंका भएपछि आइतबार उनलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनलाई प्रहरी हिरासतमा राखेर उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लएर थप अनुसन्धान भइरहेको उनले बताए।


मृतक खातुन र उनका पति सफि राजाबीच मनमुटाव रहेको,आपसमअ बोलचाल समेत नरहेको,पति रोजगारीबाट घर फर्किएर आउँदा पत्निले राम्रो व्यवहार नगर्ने गरेकोका कारण खातुनको उनकै पति सफि राजाले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.