सर्वोच्चले माग्यो महान्यायाधिवक्ता कँडेलको आवतजावतको अभिलेख

सर्वोच्चले माग्यो महान्यायाधिवक्ता कँडेलको आवतजावतको अभिलेख
फाइल तस्बिर।

काठमाडौं : सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख झिकाई पेस गर्न आदेश दिएको छ। 

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले सन् २०१५ देखि २०२४ सम्म नेपालबाट बेलायत आवतजावत गरेको अभिलेखको प्रमाणित प्रतिलिपि अध्यागमन विभागबाट झिकाई पेस गर्न सोमबार आदेश दिएको हो।

सर्वोच्चले डा. कँडेललाई महान्यायाधिवक्तामा नियुक्ति गर्ने सरकारको निर्णयसहितको फाइल पेसीको दिन झिकाई फिर्ता लैेजाने गरी मगाउन पनि आदेश दिएको छ। वालेन्द्र शाह नेतृत्वको सरकारले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने निर्णय गरिएको थियो।

कँडेल महान्यायाधिवक्ता हुन योग्य नरहेको दाबी गर्दै सर्वोच्च अदालतमा तीनवटा रिट दायर भएका छन्। महान्यायाधिवक्तामा नियुक्तिका लागि योग्यता नपुगेको दाबी रिट निवेदनमा गरिएको छ। कँडेल बेलायतको स्थायी आवासीय अनुमतिपत्र (पीआर)प्राप्त भएको दाबी रिट निवेदनमा गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.