घरायसी विवादमा श्रीमानले गरे श्रीमतीको हत्या
धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका -५ मुसहरी टोलम श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादपछि ३० वर्षीय वर्षीय सोनिया मुसहरले मादक पदार्थ सेवन गरी २४ वर्षीय ढलिसदाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए ।
सोनियाले श्रीमती ढलिसदालाई कुटपिट गरी हत्या गरेको डीएसपी खतिवडाले बताए । उनलाई पक्रा गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिवस कुवरले बताए ।
प्रतिक्रिया दिनुहोस !