कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक दिन सर्यो
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक दिनका लागि सरेको छ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन भएको जानकारी दिएका हुन्।
यसअघि कांग्रेसले यही असार १५ गते आइतबार बोलाएको बैठक अब १६ गते सोमबार केन्द्रीय पार्टी कार्यालयमा बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए।
कांग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !