क्रोसियामा मृत्यु भएका रवी महतोको शव ल्याउने प्रक्रिया सुरू भएको छ : परराष्ट्रमन्त्री
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले क्रोसियामा मृत्यु भएका रवी महतो सुरीको शव नेपाल ल्याउनका लागि पहल भइरहेको बताएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री राणाले सुरीको शव नेपाल ल्याउन रकम अपुग भएकाले ढिलाइ भएको बताइन्।
उनले अपुग रकम वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराउने सहमति भइसकेकाले शव यथाशीघ्र ल्याउन दूतावासले आवश्यक प्रक्रिया अघि बढाएको बताइन्।
यसैगरी मन्त्री राणाले गैह्र आवासीय नेपालीको ज्ञान,सीप एवं पूँजीलाई नेपालको विकासमा लगाउन तथा निजी क्षेत्र र सरकारी निकायहरूसँग जोड्ने सन्दर्भमा परराष्ट्र मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको जानकारी गराइन्।
प्रतिक्रिया दिनुहोस !