इरानले प्रहार गरेका क्षेप्यास्त्रका टुक्रा इजरायलमा खस्यो
काठमाडौं : इरानले प्रहार गरेका क्षेप्यास्त्रका टुक्रा इजरायलमा खसेका छन्। इरानले प्रहार गरिएका १० भन्दा बढी क्षेप्यास्त्रमध्ये तीनवटा टुक्रा खसेको पुष्टि भएको छ।
इजरायलका सफेद, अशदोद र दक्षिणी सीमावर्ती क्षेत्रमा क्षेप्यास्त्र खसेको बताइएको छ। क्षेप्यास्त्र खसेपछि आधा घण्टाभन्दा बढी समयसम्म इजरायलका विभिन्न स्थानमा साइरन बजेको थियो।
इजरायली विद्युत् कम्पनीको संरचना नजिकै क्षेप्यास्त्र खसेपछि विद्युत् आपूर्तिमा समेत अवरोध भएको थियो।
प्रतिक्रिया दिनुहोस !