नेपाल-चीनसँगको सीमा समस्या वार्ता र स्थापित संयन्त्रमार्फत समाधानको पहल जारी छ : परराष्ट्रमन्त्री राणा

नेपाल-चीनसँगको सीमा समस्या वार्ता र स्थापित संयन्त्रमार्फत समाधानको पहल जारी छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालको सीमासम्बन्धी समस्या समाधान गर्न आफू लागिपरेको बताएकी छन्। संसदमा विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा मन्त्री राणाले नेपाल र चीनसँगको सीमा समस्या वार्ता र स्थापित संयन्त्रमार्फत समाधानको पहल भइरहेको बताए।

'सीमा सम्बन्धी समस्याका सन्दर्भमा द्विपक्षीय उच्चस्तरीय वार्ता एवं स्थापित संयन्त्रद्वारा समाधानका पहल जारी छ। यस विषयमा सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय हुँदै आएको छ,' मन्त्री राणाले भनिन्। 

त्यस्तै मन्त्री राणाले विश्वका विभिन्न मुलुकमा भइरहेको द्वन्द्व र यसको सम्भावित प्रभावका सन्दर्भमा मन्त्रालयले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताइन्। 

'विशेषतः तनावग्रस्त मुलुकमा रहेका नेपालीहरूको अवस्था बुझ्ने र आवश्यकतानुसार उद्धार तथा नेपाल फिर्ती कार्यका लागि सम्बन्धित मुलुक हेर्ने नेपाली नियोगलगायत अन्य मित्रराष्ट्रहरूसँग आवश्यकतानुसार समन्वय र सहकार्य भइरहेको छ,' उनले भनिन्। 

बदलिँदो परिस्थितिसंगै नेपालको राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितमा आँच आउन नदिन परराष्ट्र मन्त्रालय सजग रहेको र आवश्यकतानुसार सम्बन्धित सरोकारवाला मन्त्रालय र निकायहरूसँग नियमित सम्पर्क र समन्वयमा गरिरहेको उनको भनाइ छ। मन्त्री राणाले नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा सरकार प्रतिबद्ध रहेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.