बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्ने बताएका छन्।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले बजेटको न्यायोचित वितरणका लागि बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्ने बताए। उनले बजेटमाथिको छलफलमा संशोधन प्रस्ताव परेपनि हुबहु पारित गर्ने परम्परा रहेको जिकिर गरे।
महतले देशभरि सांसद र कर्मचारीहरूले सर्वे गरेर सम्बन्धित जिल्लामा आवश्यक पर्ने कुराहरूको प्राथमिकताको सूची बनाउँदै समान ढंगले बजेट वितरण गर्नुपर्नेमा जोड दिए। सरकारले सांसदहरूको सिफारिसमा पनि बजेट विनियोजन गरेको भन्दै उनले कतै धेरै र कतै थोरै हुँदा गुनासो आउनु स्वभाविक भएको बताए।
उनले बजेटका विषयमा सांसदहरूका गुनासालाई अर्थमन्त्रीले न्यायोचित जवाफ दिएर चित्तबुझाउन सक्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !