बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप जारी

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्विप जारी

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले मंगलबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई ह्विप जारी गरेको छ। 

एमाले संसदीय दलका मुख्य सचेतक महेश कुमार बर्तौलाले ह्विप जारी गर्दै मंगलबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न भनेका हुन्। 

बर्तौलाले भनेका छन्,‘नेपाल सरकारद्वारा पेस गरिएको आर्थिक वर्ष २०८२/०८३ सालको विनियोजन विधेयकलाई मिति २०८२ असार १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ।’

सरकारले जेठ १५ गते ल्याएको बजेटमाथिको छलफल सकेर मंगलबार पारित गर्ने तयारी गरेको छ। विपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधका बीच प्रतिनिधिसभामा बजेटमाथिको छलफल सकिएको छ। सोमबार बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको मन्त्रीहरूले जवाफ दिइरहेका छन्। मंगलबार अर्थमन्त्रीले जवाफ दिने र पारित गर्ने सरकारको तयारी छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.