सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामालाई सर्वोच्च अदालतले दियो सफाइ

सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामालाई सर्वोच्च अदालतले दियो सफाइ
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका नेता गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेष अदालतको फैसला उल्टाउँदै लामालाई सफाइ दिएको हो।

विशेष अदालतले २०७५ साउन २४ गते सम्पत्ति शुद्धीकरण मुद्दामा लामालाई दोषी ठहर गरेको थियो। लामाले आपराधिक गतिविधिबाट १ करोड ४० लाख ५० हजार बराबर अवैध सम्पत्ति कमाएको ठहर गर्दै विशेष अदालतले एक वर्ष कैद र बिगो बराबरको सम्पत्ति जफत हुने फैसला गरेको थियो।

सम्पत्ति शुद्धीकरण विभागले गुन्डागर्दी र आपराधिक गतिविधिबाट लामाले २७ करोड १ लाख ६१ हजार ५८ रुपैयाँ ६० पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो। सम्पत्ति शुद्धीकरण नियमावली २०६४ लागू हुनुपूर्व लामाले आर्जन गरेको सम्पत्ति यस मुद्दामा समेट्न नमिल्ने देखिएकाले १ करोड ४० लाख ५० हजार बिगोसम्म अभियोग दाबी बमोजिमको कसुर पुष्टि भएकाले बिगोबराबर सम्पत्ति जफत हुने फैसला गरिएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा विभागले २०७० साल जेठ ५ मा मुद्दा दायर गरेको थियो। लामासँगै मुद्दा दायर गरिएका अन्य चार जनाले सम्पत्तिको स्रोत खुलेपछि सफाइ पाएका थिए। लामाले आफ्नो र परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा लगानी गरेको पाइएको थियो। उनले काठमाडौं, भक्तपुर र ललितपुरमा दुई सय रोपनीभन्दा धेरै रोपनी जग्गा खरिद गरेको अभियोगपत्रमा विभागले उल्लेख गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.