शिक्षासेवी तुलाधरलाई नन्दप्रसाद जानुका स्मृति सम्मान

शिक्षासेवी तुलाधरलाई नन्दप्रसाद जानुका स्मृति सम्मान

काठमाडौं : यस वर्षको 'नन्द प्रसाद जानुका स्मृति सम्मान' शिक्षासेवी मिलन राज तुलाधरलाई प्रदान गर्ने घोषणा भएको छ। दोलखा जिल्लाको शैक्षिक र सामाजिक क्षेत्रको अग्रणी संस्था नन्दप्रसाद जानुका फाउण्डेशनले मंगलबार उक्त घोषणा गरेको हो। 

शैक्षिक र सामाजिक रुपान्तरणमा समर्पित रहेका नन्दप्रसाद शिवाकोटी र जानुका शिवाकोटीको स्मृतिमा स्थापना गरिएको फाउण्डेशनले सामाजिक  क्रियाकलापका साथै शिक्षा क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।

रुसका पूर्व नेपाली राजदूत, क्षमावती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा २०२९ सालदेखि दोलखाको शैक्षिक क्षेत्रमा सक्रिय रहेका तुलाधरलाई २५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिने फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले बताए।

उक्त सम्मान आउँदो भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममार्फत प्रदान गरिने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.