विपद्को त्रासमा सिन्धुपाल्चोक, १७ हजार नागरिक उच्च जोखिममा

विपद्को त्रासमा सिन्धुपाल्चोक, १७ हजार नागरिक उच्च जोखिममा
तस्बिर : सुन्दर शिरीष

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ लिपिङकी सुनिता श्रेष्ठलाई पानी पर्न थालेपछि डर लाग्छ। निदाउन सक्दिनन्। असार ३ गते राति परेको सामान्य वर्षाका कारण आएको पहिरोले श्रेष्ठको एकतले जस्ताले बनेको घर पूर्णरूपमा भत्कियो। छिमेकीको शरणमा बसिरहेकी उनलाई पानी पर्ने बित्तिकै फेरि पहिरो जाने हो कि भन्ने त्रास हुन्छ।

‘पानी पर्ने बित्तिकै मुटु काम्न थाल्छ’, उनी भन्छिन्, ‘भर्खर त बर्खा लाग्न सुरु भएको छ, के-के पो हुने हो!’ उनीजस्तै सिन्धुपाल्चोकका अधिकांश नागरिकहरू पानी पर्ने बित्तिकै त्रासमा बाँच्ने गर्छन्। असार ४ गते तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने भन्दै भोटेकोशी नदी क्षेत्रमा सुरक्षित रहन चीनले सतर्क गराएसँगै सीमा क्षेत्र भोटेकोशीसँगै सुनकोशी नदी किनारका बासिन्दाहरू त्रसित बनेका छन्। 

चिनियाँ प्रहरीले जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालयले समेत सूचना जारी गर्दै भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ।

मनसुनजन्य विपद्को दृष्टिले सिन्धुपाल्चोक उच्च जोखिममा छ। बहुप्रकोपी विपद्को जोखिममा रहेको सिन्धुपाल्चोकमा वर्षेनि बाढी पहिरोलगायतका विपद्जन्य घटना हुने गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोक विपद्को उच्च जोखिममा रहेको जिल्ला हो। 

२ सय २२ बस्तीका १७ हजार नागरिक उच्च जोखिममा
जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्ष २ सय २२ बस्तीका १७ हजार ८२ नागरिक प्रभावित हुने आकलन गरेको छ। चौतारा साँगाचोकगढी नगरपालिकाको २१ बस्तीका ७ सय ७०, बाह्रविसे नगरपालिकाको ६३ बस्तीको ८ हजार ५ सय, मेलम्ची नगरपालिकाको ७ बस्तीको ५ सय नागरिक मनसुनजन्य विपद्मा प्रभावित हुने आकलन समितिको छ। 

null

त्यस्तै भोटेकोशी गाउँपालिकाको ५३ बस्तीका ८ सय ५, त्रिपूरासुन्दरी गाउँपालिकाको ७ बस्तीको १ सय ७१, लिसंखुपाखर गाउँपालिकाको १० बस्तीका ३ सय, सुनकोशी गाउँपालिकाको ११ बस्तीका ३ सय ६, बलेफी गाउँपालिकाको ८ बस्तीका ८ सय, जुगल गाउँपालिकाको ७ बस्तीका २ हजार, पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १३ बस्तीका १ हजार २ सय ६०, इन्द्रावती गाउँपालिकाको ५ बस्तीका १ सय ७० र हेलम्बु गाउँपालिकाको १७ बस्तीका १ हजार ५ सय नागरिक प्रभावित हुने विपद् व्यवस्थापन समितिले आकलन गरेको छ। 

४४ नदीनाला थुनिन सक्ने 
जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्षको मनसुनबाट जिल्लाका ४४ नदीनाला थुनिनसक्ने अनुमान गरेको छ। चौतारा साँगाचोकगढी, मेलम्ची र बाह्रविसे नगरपालिका भएर बग्ने १६ वटा नदीनाला र ९ वटा गाउँपालिकाको २८ वटा नदीनालाहरू थुनिनसक्ने आकलन समितिको छ। 

अविरल वर्षाबाट बाढी पहिरोका कारण थुनिन सक्ने यी नदीनालाबाट हुने जोखिमलाई न्युनीकरण गर्न डोजर, स्काभेटर, ट्रिपरलगायतका सामग्रीहरू तयारी अवस्थामा राखिएको विपद् व्यवस्थापन समितिले जनाएको छ। प्रशासन, सुरक्षाकर्मी र स्थानीय सरकारसँग जिल्ला समन्वय गरेर क्षति कम गर्ने र विपद्को समयमा उद्धारका लागि चाहिने उद्धार सामग्रीहरू तयारी अवस्थामा राखिएको समितिले जनाएको छ।

कस्तो छ पूर्वतयारी?
मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै जोखिम रहेका बस्तीहरूको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनःस्थापना र आगामी दिनमा जोखिम न्युनीकरणका लागि गर्नुपर्ने समन्वय भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापा बताउँछन्।

‘बर्खायाम सुरु भएपछि हुने विपद्को जोखिम न्युनीकरणका लागि हामीले जिल्ला विपद् व्यवस्थापन समितिबाट विभिन्न निर्णय गरेर उच्च सतर्कता अपनाएका छौं’, थापाले भने, ‘पहाडी जिल्ला भएकाले पहिरो जाने र खोलाहरूमा बाढीबाट हुने क्षति कमी गर्नका लागि विपद् प्रतिकार्य योजनाअनुसार विशेष योजनाका साथ तयारी अवस्थामा छौं।’ सम्भावित विपद्‍बाट क्षति हुन नदिन र भैहालेमा जनचेतनामूलक कार्यक्रमसँगै सतर्कता लागि ‘क्विक रेस्पोन्स टिम’ बनाएर तयारी अवस्थामा राखिएको उनले बताए। 

null

थापाका अनुसार विपद् र हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै जोखिम न्युनीकरण, उद्धार तथा राहतका लागि ३ करोड ३ लाख २ हजार ६ सय १५ रुपैयाँ विपद् कोषमा तयारी अवस्थामा राखिएको छ। समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयन गर्न सरकारी निकाय, स्थानीय सरकार, संघ-संस्थासँग समन्वय गरी बारुणयन्त्र १ वटा, जेसिभी डोजर २० वटा, स्काभेटर १७ वटा, यातायातका साधन ५ सय वटा, खाद्यसामग्री, भाँडावर्तन ५ सय थान तयारी अवस्थामा राखेको छ।

विपद्मा स्वास्थ्य समस्यालाई निराकरण गर्न स्वास्थ्य सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको समितिले जनाएको छ। ७ सय ५० जना डाक्टर, नर्स, १ सय २९ वटा आपतकालीन औषधि पर्याप्त भएको स्वास्थ्य संस्था, ७ सय ६५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई तयारी अवस्थामा राखिएको छ। 

आपतकालीन उद्धारका लागि ३ सय स्वयंसेवक, ८ सय १३ जना नेपाली सेना, ४ सय ५० जना नेपाल प्रहरी, ३ सय ८ जना सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको विपद् व्यवस्थापन समितिले जनाएको छ।

‘विपद्को बेला आपतकालीन उद्धारका लागि २ हजार तुरुन्त खटिनसक्ने जनशक्तिलाई तयारी अवस्थामा राखेका छौं’, प्रजिअ थापाले भने, ‘नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र विज्ञहरू सम्मिलित ‘जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्ट’ निर्माण गरेका छौं। यो पोष्टले मनसुनजन्य विपद्को बेला समग्र प्रतिकार्यको नेतृत्व गर्छ।’ 

विपद्को समयमा खोज तथा उद्धार, खाद्य सामग्री सहजता, आपतकालन आश्रय, आपतकालीन स्वास्थ्य पोषण, आपतकालीलिन शिक्षा र आपतकालीन संरक्षणका लागि समिति तयारी अवस्थामा रहेको उनले बताए।

मनसुनजन्य विपद्को अवस्थामा यथाशीघ्र प्रयोग गर्न मिल्ने गरी जिल्लाका २६ स्थानमा हेलिप्याड तयार पारिएको छ भने ९९ खुला स्थानलाई प्रयोग गर्न सकिने अवस्थामा राखिएको छ। जसमा १ लाख ५० हजार जनसंख्यालाई आपतकालीन स्थानान्तरण गराउन सकिने जनाइएको छ। समितिका अनुसार विपद्को समयमा सञ्चार सेवा नियमित राख्न नेपाल टेलिकमका टावरहरूमा वैकल्पिक विद्युत् आपूर्ति प्रणाली जडान गर्ने, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउन पूर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउने काम गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले विपद् उद्धारको लागि २५ किसिमका विपद् सामग्रीहरू तयारी अवस्थामा राखेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली बताउँछन्। त्यस्तै रेडक्रसले ३० प्रकारका विपद् उद्धारका लागि आवश्यक सामग्रीहरू मौज्दात राखेको मन्त्री कमलचरण कक्षपतिले बताए। 

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले विपद्को समयमा प्रयोग गर्न सकिने गरी ५ लाख किलो चामल तयारी अवस्थामा राखिएको संघका उपाध्यक्ष उजारसिं तामाङले बताए । चामलसँगै दाल, तेल, नुन पनि तत्काल प्रयोग गर्न सकिने अवस्थामा राखिएको उनको भनाइ छ।

सम्भावित विपद्को जोखिमलाई मध्यनजर विपद् व्यवस्थापन समितिले संघीय, प्रदेश सांसद, स्थानीय सरकार र सरोकारवाला निकायबीच छलफल गर्दै विपद्का घटना न्यूनीकरणका लागि विभिन्न पहल थालेको छ। आउनसक्ने विपद्को पूर्वअनुमान गर्दै पूर्वतयारी तथा प्रतिकार्यका कामलाई प्रभावकारी रुपमा अघि बढाइएको समितिले जनाएको छ।

null

के गर्दै छ स्थानीय सरकार ?
मनसुन सुरू भएसँगै स्थानीय सरकारले विपत्तिको सामना गर्न रणनीतिक योजना बनाएका छन्। विपद्को ठूलो सामना गर्दै आएको मेलम्ची नगरपालिकाले प्राकृतिक विपत्तिको सामना गर्न आफ्नो तयारीलाई तीब्र बनाएको छ। २०७८ असार १ मा हेलम्बु गाउँपालिकाको भ्रेमाथाङबाट निरन्तर झरेको पहिरोबाट मानवीय तथा भौतिक क्षतिपछि थलिएको मेलम्ची नगरपालिकाले आफ्नो स्रोत साधन जुटाएर प्राकृति विपत्तिको सामना गर्न जुटेको जनाएको छ।

बाढी पहिरोबाट बच्न पूर्व सूचना प्रणालीको व्यवस्थापनसँगै प्राकृतिक विपति आइपरे तत्काल आवाश्यक पर्ने सामग्री खरिद गर्न विपद् बजेटसमेत व्यवस्थापन गरेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए। ‘हाम्रो क्षमताले भ्याएसम्म विपदबाट क्षति नहोस् भनेर काम गरिरहेका छौं’, उनले भने, ‘विपद् भइहाले उद्धार तथा राहतको स्रोत साधनमा कमी हुन नदिन चनाखो भएर अगाडि बढेका छौं।’

भैपरी आउने प्राकृति विपत्तिबाट सुरक्षित बनाउन आवश्यक स्रोत साधनलाई तयारी अवस्थामा राखेको हेलम्बु गाउँपालिकाले जनाएको छ। २०७८ साल असार १ को बाढीबाट मानवीय तथा भौतिक क्षति व्यहोरेको हेलम्बुले मनसुन सुरू भएलगत्तै आउन सक्ने प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै नदीले कटान गरेको ठाउँमा जाली तथा ग्याबिङ वाल, प्लम ढलान जस्ता कार्यलाई तीव्रता दिँदै जोखिमपूर्ण ठाउँमा रोकथाम गर्दै आएको छ। 

‘हामीले विपद् न्युनीकरण गर्न स्थानीय स्तरमा आपतकालीन केन्द्र सञ्चालन गरेका छौं,’ गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘खोलाको किनार सुरक्षित बनाउन ढुङ्गाको पर्खाल लगाउने काम गरेका छौं भने बाढीको बहावलाई नियन्त्रित गरेर बस्ती जोगाउने योजना अनुरुप ग्याल्थुम, ढुंग्रेबजार, तिम्बु, हल्दे र चिउरीखर्क जस्ता क्षेत्रमा पहिरो रोक्न जाली गारो लगाएर ढुंगा थुपार्ने कार्य पनि जारी राखेका छौं।’ यसले केही मात्रामा भए पनि विपद्को क्षतिलाई न्यूनिकरण गर्ने उनले बताए।

विगतका वर्षमा अनेकन विपद् झेल्दै आएको बाह्रबिसे नगरपालिकाले विपद् पूर्व आवश्यक तयारी थालेको छ। बाह्रबिसे नगरपालिकाका विपद् शाखाका प्रमुख दुर्गाप्रसाद भण्डारीका अनुसार नगरभर ६३ बस्ती उच्च जोखिममा रहेको पहिचान गरिएको छ। जसमा करिब १ हजार ७ सय घरधुरी छन्। ‘ती जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रक्रिया थालिँदैछ, भने ८१ विपद् खोज उद्दारकर्ता तयार पारिएको छ,’ उनले भने।

नगरपालिकाले विपद् जोखिम न्युनीकरण तथा आपतकालीन उद्धामा प्रभावकारी हस्तक्षेप गर्न ८१ जना विपद् खोज तथा उद्धारकर्तालाई तयारी अवस्थामा राखेको छ। यसअघि बाह्रबिसे नगरको घुम्थाङ, नागपुजे, भीरखर्क, विक टोल, जम्बु, खाग्दलसहित भोटेकोशीको फुल्पिङकट्टी, तातोपानी दुगुनामा पहिरोले धेरैले ज्यान गुमाए। त्यस्ता घटना दोहोरिन नदिन जोखिम आकलन, बस्ती स्थानन्तरण र उपयोगी तालिम दिइएको भण्डारीले बताए।

भोटेकोशी गाउँपालिकाभित्र खोकुन्डोल, डाक्लाङ, चाकु र नयाँपुलआसपास सडक जीर्ण छ। पहिरोको उत्तिकै जोखिम छ। पहिरो भासिँदा होस् वा पहिरो जाँदा नाकामा क्रियाशील व्यापारी र हाइड्रोपावर कम्पनीको मेसिन प्रयोग गरेर सडक पन्छाउनुपर्ने बाध्यता छ। सडक बनाउँदा बनाउँदै सबै पक्ष निराश बनेका छन्। ‘सडक डिभिजनका कर्मचारी तातोपानी क्षेत्रमा छन्। तर, उनीहरू मेसिन लिएर बेलुका आउँछन्, एक दुई घण्टा काम गर्छन्। रातभरिको वर्षाले फेरि बगाउँछ’, स्थानीय छ्युमी शेर्पा भन्छिन्।

चौतारा नगरपालिकाले विपद्जन्य घटनाका प्रतिकार्यका पूर्व तयारीका कामहरू गरिरहेको छ। नगरले तारजाली, त्रिपाल, अस्थायी सेल्टरका लागि २५ हजार उपलब्ध गराउने, आवासका लागि तत्काल २५ प्रतिशत सहयोग प्रदान गरिने जनाएको छ। दमकलसहित ३० प्रकारका विपद् उद्धारका लागि आवश्यक सामग्रीहरू मौज्दात राखेको विपद् व्यवस्थापन समिति फोकल पर्सन चिरञ्जीबी कट्टेलले बताए।

बलेफी गाउँपालिकाका विपद् व्यवस्थापन समिति फोकल पर्सन सुकुलाल तामाङले विपद् न्यूनीकरणका लागि प्रतिकार्यका पूर्व तयारीका कामहरू भइरहेको बताए। विपद् प्रतिकार्यका लागि सामग्रीहरू खरिद गरिएको र पालिकास्तरीय, वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको तामाङले बताए। लिसंखुपाखर गाउँपालिकाले पहिरोको जोखिमयुक्त आवासलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि काममा जुटेको छ। 

मनसुन सुरुवातसँगै भोटेकोशी, मेलम्ची, इन्द्रावती, सुनकोशी र ब्रहृमायणी नदी किनारका बस्ती उच्च जोखिममा छन्। भूकम्पपछिका वर्षमा यहाँका थुप्रै पहाड कमजोर बनेकाले हरेक सामान्य वर्षाले पनि ठूलो क्षति ल्याउने सम्भावना उच्च रहेको मेलम्ची क्षेत्रको वातावरणीय र भौगर्भिक अध्ययनमा काम गरिरहेका वातावरणविद् डा. रविनराज निरौला बताउँछन्।

स्थानीय सरकार, सुरक्षाकर्मी र सरोकारवाला सबै निकायको समन्वयमा विपद्को जोखिम न्यूनीकरण र तत्काल उद्दारका लागि तयारी भइरहे पनि स्थायी समाधानका लागि दीर्घकालीन योजना बनाउन सकेको देखिँदैन। कोदारी राजमार्ग, बलेफी-कात्तिके, मेलम्ची-हेलम्बुलगायतका सडकमा पहिरोको जोखिम बढ्दो छ। बाह्रबिसे नगरपालिकाभित्र बसेरी, जम्बु, खागदल र जुरेमा पहिरोको जोखिम रहेको बाह्रबिसे नगरका प्रमुख बालकृष्ण बस्नेत बताउँछन्। बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर सडकखण्ड बाढी र पहिरोको उच्च जोखिममा छ। 

null

त्रासममा स्थानीय, विस्थापितको बिजोग
मेलम्ची बाढीले विध्वंस गरेको लामो समय पुग्दा पनि सरकार गम्भीर नबन्दा बाढी प्रभावित हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङ्पाल गाउँपालिका तटीयक्षेत्रमा खास काम भएका छैनन्। हेलम्बुका पहिचान गरिएका २ सय २७ बाढीपीडित परिवार स्थानीय सरकारको र दातृ संस्थाले उपलब्ध गराएको अस्थायी आवासमा बसिरहेका छन्। 

मेलम्ची नगरपालिकामा १ सय ८० बाढीपीडित अरुको घरमा महंगो भाडा तिरेर बस्न बाध्य बनेका छन्। बाढीमा मेलम्ची बजारका ७० भन्दा बढी घर बालुवा र कालो लेदो, गेगरले भरिएका घर खोतलेर बस्न बाध्य छन्। ‘विपद्ले खेद्ने निश्चित छ, सरकारले बेवास्ता गरेको देखेर दिक्क लाग्छ,’ मेलम्चीका दाबा हृयोल्मोले भने। 

बाढीमा सर्वस्व गुमाएर एकै रातमा सुकुम्बासी बनेका हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङ्पालका विस्थापित परिवार स्थानीय तहबाट पनि ठोस पहल नभएको भन्दै निराश छन्। प्रभावित क्षेत्रमा पुगेर राहत प्याकेजसहित पुर्नवासको योजना सुनाएर गएका प्रधानमन्त्रीदेखि सांसद, नेताहरु पुनः यहाँ नफर्केको स्थानीयको गुनासो छ। आश्वासनबाहेक पीडितले अझै पनि संघीय र प्रदेश सरकारको उपस्थिति र सहयोगको प्रत्यक्ष अनुभूति गर्न नपाएको उनीहरूको भनाइ छ।

१० वर्षमा विपद्‍बाट ९६ को मृत्यु, ९० अर्ब क्षति
सिन्धुपाल्चोकमा १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनामा परेर ९६ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ। प्रमुख जिल्ला अधिकारी थापाका अनुसार १० वर्ष को अवधिमा पहिरोमा परेर ८०, बाढीमा परेर १२, चट्याङ लागेर ९ जनाको मृत्यु भएको हो। १० वर्षको अवधिमा विपद्का घटनामा परेर जिल्लामा ८९ अर्ब ९४ करोड ४० लाख ८३ हजार ४८ रुपैयाँ बराबरको आर्थिक क्षतिसमेत भएको छ। 

२०७२ देखि २०८१ सम्मको तथ्याङ्क विश्लेषण गर्दा जिल्लाभर मनसुनजन्य बाढी,पहिरो, हावाहुरी, चट्याङ, आगलागीको घटनामा सो क्षति भएको हो। जसमध्ये सबै भन्दा बढी बाढीबाट क्षति देखिएको छ । बाढीबाट ८९ अर्बहिरोबाट ३५ करोड ७८ लाख १५ हजार ५ सय ४८ रुपैयाँ बराबरको  ५८ करोड १५ लाख १६ हजार ५ सय ४८ रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। त्यस्तै पआर्थिक क्षति भएको तथ्याङ्कमा छ।

तथ्याङ्क अनुसार १० वर्षमा मनसुनजन्य विपद्का कारण ६५ जना घाइते, ६२ जना बेपत्ता, १ हजार ४ सय ६५ घरमा क्षति र ८ सय ६५ परिवार प्रभावित बनेका छन्। सो अबधिमा२ चौ विपद्का कारण ४ हजार ३ सय ४९ पन्छी, ८ सय ३पायको मृत्यु हुन पुग्यो भने २ सय ४८ वटा गोठमा क्षति पुगेको छ। त्यस्तै विपद्का कारण ३९ उद्योग, २ सय ५५ सवारी साधन र १ सय ८९ वटा सार्वजनिक संरचनामा क्षति पुगेको तथ्याङ्कले देखाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.