गौशाला नगरपालिकाको बजेट १ अर्ब

गौशाला नगरपालिकाको बजेट १ अर्ब

महोत्तरी : गौशाला नगरपालिकाले मंगलबार एक अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ। गौशालास्थित कभर्डहलमा आयोजित एक समारोहकाबीच आर्थिक वर्ष २०८२/८३ को लागि १ अर्ब १ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो।

नगरप्रमुख डा. दीपेन्द्र महतोले सार्वजनिक गरेका बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १५ करोड ८५ लाख रुपैयाँ, संघीय अनुदान बाँडफाँटतर्फ १३ करोड ८८ लाख ७४ हजार रुपैयाँ, संघीय सशर्ततर्फ ३० करोड ५६ लाख रुपैयाँ, संघीय विशेष र समपूरक अनुदानतर्फ ३ करोड ८३ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड १० लाख १७ हजार रुपैयाँ, राजस्व बाँडफाँटतर्फ १ करोड १८ लाख ६४ हजार रुपैयाँ, प्रदेश सशर्त समपूरक अनुदानतर्फ ५० लाख रुपैयाँ, प्रदेश सशर्ततर्फ ९५ लाख रुपैयाँ रहेको छ।

यता नगरको आन्तरिक आयतर्फ ७ करोड ६७ लाख र आन्तरिक राजस्व बाँडफाँटतर्फ ५ करोड रुपैयाँ रहेको छ। नगरपालिकाले सार्वजानिक गरिएको बजेट कृषि, शिक्षा, स्वास्थ्य, रोजगारमा केन्द्रित रहेको नगरपालिकाले जनाएको छ।

बजेट सार्वजनिक कार्यक्रममा संघीय सांसद लक्ष्मी महतो कोइरी, पूर्वसभासद सीताराम भण्डारी, बुधनीदेवी महतोलगायत उपस्थित थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.